कुरो २०६२ साल चैत महिनाको हो, त्यति बेला म १३ वर्ष को थिएँ, एसएलसीमा ६०% ल्याउने लक्ष्य राख्दै ,लगातार ८ घण्टाको बाटो हिडेपछी पर्बत सदरमुकाम आइयो । साथमा बुवा, म र एकजना मिल्ने साथी । तर गन्तव्यचाहीं बाग्लुङ जिल्लाको सदरमुकाम थियो । गाउँमा परीक्षा केन्द्र नहुने हुँदा एसएलसीको परिक्षा दिन सदरमुकाम धाउनुपर्ने थियो ।
परिक्षाको पहिलो दिन सबेरै उठेर ‘रिभिजन’ सकाएर केन्द्रतर्फ जाँदा लाग्थ्यो कि ममा परिक्षा दिने कुनै आत्मबल छैन । किन भने म सरकारी स्कुलमा पढेको पढेको र परिक्षा अगाडीसम्मपनि स्कुलमा अंग्रेजी बिषयको कोर्ष नसकाइसकेको गरी दुइ कुरा मनमा खेलिरहेको हुन्थ्यो ।
केन्द्र वरिपरी प्रहरीहरु देख्दा त शरीर झन् कापेजस्तो भान हुन्थ्यो । मनमा डरको पोको संगाली, बुवाको आशिर्वाद लिई परिक्षा हलभित्र प्रवेश गरे । केहीबेरमा प्रश्नपत्र बाढियो । त्यतिन्जेल सम्ममा अर्को तनावको टुक्रो झुण्डीईसकेको थियो । त्यो थियो, २४ घण्टे सजाय । डेस्कअग्लो भएकोले उठेरै परीक्षा दिनुपर्ने थियो । दिनको ३ घण्टाले ८ दिनसम्म । परीक्षा दिँदै गर्दा जिल्ला शिक्षा कार्यालयबाट निरीक्षकको टोली परीक्षा हल भित्र छिर्यो र मलाई नियालिरहे । उहाँहरु अचम्म परिरहनु भएको थियो, कि यति सानो मान्छे एसएलसीको परीक्षाहलभित्र परीक्षा दिइरहेको र त्यो पनि उभिएर । त्यही भएरै होला त्यो टोलीले मलाई नरोकिन आग्रह गर्दै एउटा फोटो पनि खिचेर फर्केको । अहिले सम्झिँदा साह्रै अचम्म र आनन्दको अनुभूति हुन्छ ।
अठोट प्रयास र निरन्तरको मेहेनतपछी दिएको एसएलसी परिक्षाको नतीजा प्रकाशित भयो र म ७५% सहित प्रथम श्रेणीमा पास भएछु । भेटेजतिको मान्छेहरुले , प्रथम श्रेणी आएको विद्यार्थीले जसरी भएपनि बिज्ञान बिषय लिएर पढ्नु र डाक्टर, इंजिनियर बन्नुपर्छ भनेर मात्र सुझाब दिए र दाँयाबायाँ नसोची डाक्टर बन्ने सपना बोकी चितवन गएर बिज्ञान संकायमा कलेज भर्ना गरे ।
कक्षामा अंग्रेजी भाषामै पढाई हुने हुँदा अंग्रेजीमा पढेका कुराहरुलाई नेपालीमा उल्थाउदै १ महिनासम्म बुझेर पढ्न तथा सम्झन प्रयास गरिरहे तर त्यो काम मेरो लागि निकै गार्हो र चुनौतीको भएको र मेरो कक्षाका अधिकांस साथीहरु अंग्रेजी माध्यमको विद्यालय पढेका हुनाले मलाई निकै अप्ठ्यारो महसुस भइरहेको थियो । २ महिना बितिसकेको थियो, एकदिन मैले विज्ञान छोडेर व्य्वस्थापन संकायमा ‘शिफ्ट’ हुन शिक्षकसँग सल्लाह मागें । सल्लाहमा शिक्षकले आफु पनि सरकारी स्कुल पढेको र सुरुमा उहालाई पनि त्यस्तै भएको अनुभव बताउदै दृढ भएर निरन्तर मेहेनत गरे अवश्य सफल हुने विश्वास दिलाई नछोड्न आग्रह गर्नुभयो ।
११ को परिक्षा दिएँ, नतिजा प्रकाशित भयो र ७९% सहित ११ class उतिर्ण भएँ । कलेजभरमै म दोश्रो भएँ । कक्षा १२ मा पनि डाक्टर बन्नेनै सपना सहित बायोलोजी बिषयलाइ मुख्य बिषय बनाइ परिक्षा उतिर्ण गरें र कलेज प्रथम पनि भएँ । मेरो सपना नातुहाउनको लागि म काठमाडौँ आएर MBBS को तयारी गर्नुपर्ने थियो। तर त्येतिबेला काठमाडौँमा मेरो भरपर्दो कोहि थिएन । त्यसैले घरबाट एक्लै काठमाडौँ पठाउन डराईरहनु भएको थियो अभिवावक ।
त्यतिकैमा साथीहरुलाई पनि भेट्ने र निर्णय लिने भनेर साथीको घरतिर लागें । साथीहरुले सिए पढ्ने सल्लाह दिए । मनमा पनि एक्कासि सिए पढ्छु जस्तै भयो। त्यसपछि सिए पढ्ने सपना बुनेर घर फर्किएँ ।
क्याप वानको परिक्षा पनि दिईयो र मैले ७०% भन्दा माथिनै ल्याएर चितवनमा आफुले कोचीङ पढेको इन्ष्टिच्युट टप गरें । अहिले मैले सिएको उपाधि पनि लिएको छु र बिगत सम्झिदा आनन्दको अनुभूति हुन्छ ।
आफुले SLC उतिर्ण गर्ने बेला संचार सुबिधा र प्रविधिको त्यति विकास नभैसकेको स्मरण गर्दै अहिलेका भाइबहिनीहरुलाइ त्यसको उचित सदुपयोग गर्न सिके पढ्ने श्रोत र साधन हरुको पनि कुनै कमि नरहेको र सामाजिक संजाल हरु जस्तै (facebook, twitter, whatsapp etc) हरु को अनुचित प्रयोग बाट आफु लाई जोगाइ आआफ्नो रुची अनुसारको उच्च शिक्षा लिन सके धेरै नै राम्रो हुने देखिन्छ ।
साथै , आफ्नो कार्य अबधिभर कुनै बाहिरी कुराको पछि नलागी निरन्तर मेहेनत गरिरहे जुनसुकै कुरामा पनि सफल हुनेमा बिस्वस्त भएको ले SLC, +2 लगायत का भाइ बहिनीहरुलाई नहड्बढाई कन मेहेनत गर्न आग्रह गर्दछु र आफ्नो उद्येश्य प्राप्तिको लागि SLC,+2 लगायतमा हासिल गरेको प्रतिशतले केहि नरोक्ने र आफुले पढ्नको लागि रोजेका स्कूल / कलेजले पनि केहि नछेक्ने हुँदा मैले सरकारी/सस्तो कलेजमा पढेको भन्दै जस्ता बाहाना नबनाई निरन्तर मेहेनत गरिरहे रातो बंगाला/ बुढानिलकण्ठ मा पढेका बिद्ध्यार्थी हरुसंग पनि प्रतिस्पर्धी सकिने बन्न कुरा पनि अबगत गराउछु ।
अहिले नेपाल को विद्धमान स्थितिलाइ नजिकबाट नियालेर हेर्दा , पढेका मेनपावरहरु विदेशिने गरेकोले नेपाल मा उक्त मानवस्रोतको खाचो धेरैनै भएको ले उच्च शिक्षाको निर्णय लिदा पनि आफु नेपालमै केहि गर्छु भन्ने सोचको विकास गर्दै उपयुक्त बिषय पढ्न सके अति उत्तम हुने थियो ।
प्रतिक्रिया दिनुहोस्