
- सिए सरोकार सम्बाददाता

भारतीय बोर्डबाट सिए उतिर्ण गरेका उनी हाल एलएलबी समेत अध्ययन गरिरहेका थिए । नेपाल चार्टड एकाउन्टेन्ट्स संघको चुनावका बारेमा छलफल पनि गर्ने र आफ्नो काम पनि सक्काउने भन्दै उनी पोखरामा थिए । अघिल्लो दिन उनले सिए साथीभाइहरुको समूहमा आफु पोखरा आएकोले साथीहरुलाई भेट्न आग्रह गर्दै थिए । तर त्यसको भोलिपल्ट उनको दुर्घटनामा परी निधन भएको छ ।
हामी पनि मृत आत्माको चीर शान्तिको कामना तथा परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
प्रतिक्रिया दिनुहोस्