Skip to content

दुखद् खबर : क्याप थ्री अध्ययनरत आइक्यानकि विद्यार्थी सीता भण्डारीको निधन !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)मा सिए अध्ययन गरिरहेकी विद्यार्थी सीता भण्डारीको निधन भएको छ । फाइनलको पढाइ अन्तर्गत एनबीएसएम एसोसीएट्समा आर्टिकल ट्रेनी रहेकी उनको शनिबार राती निधन भएको हो । उनको काठमाडौँको शिक्षण अस्पतालमा उपचार भइरहेको थियो ।

करिव डेढ महिनाअघि उपचारका क्रममा उनलाई ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । सोहि समयदेखि नै उपचाररत उनलाई केहि दिन अघि अस्पतालले अव सन्चो हुन गाह्रो हुने भन्दै घर नै लैजान सल्लाह दिएको थियो।

मृत आत्माको चीरशान्तिको कामना र परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं । -सिए सरोकार परिवार  

     

प्रतिक्रिया दिनुहोस्