Skip to content

क्याप वानमा कुन सिए इन्स्टिच्युटले ल्याए कुन कुन र्यांक ?


  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – आइक्यानले मंगलबार सिए अन्तर्गत विभिन्न तहको नतिजा प्रकाशन गरेसँगै कुन सिए इन्स्टिच्युटले कुन कुन र्यांक ल्याए भन्ने चर्चा चलेको छ । 
आइक्यानले सोमबार प्रकाशन गरेको नतिजामा नयाँ बानेश्वरस्थित प्राइम सिएबाट १० मध्ये ९ वटा र्यांक आएको छ । पहिलो र्यांक एक नम्बरले चुकेको छ भने दोश्रोदेखि सबै र्यांकमा प्राइमको बर्चश्व छ ।  ‘उत्कृष्ट १० मध्ये ९ जना प्राइमबाट छन् । ‘ सिए सरोकारसँग कुराकानी गर्दै प्राइम सिएका प्रमुख कार्यकारी अधिकृत टंकलाल श्रेष्ठले सिए सरोकारलाई बताए । प्राइम बिगत लामो समयदेखि  सिएको नतिजामा उत्कृष्ट ठहरीदै आएको सिए इन्स्टिच्युट हो ।     
यता सीसीएमएको छैटौं, सातौँ र नवौं र्यांक छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै सीसीएमएका प्रबन्ध निर्देशक दीपेश कुमार थपलियाले उत्कृष्ट हुने सबैलाई बधाई दिएका छन् ।
एता भारतीयर बोर्डमा पहिलो र्यांक ल्याएर नेपाली सिए बाजारमा हङ्गामा मच्चाएको एओसीले २ वटा र्यांक ल्याउन सफल भएको छ । एओसीले चौथो र दशौँ र्यांक ल्याएको छ ।
चैतन्य सिएले ५औं र्यांक ल्याउन सफल भएको छ । चैतन्य सिएका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले चैन्तान्यबाट ५ औं स्थानको र्यंक सहित उत्कृष्ट नतिजा आएको बताएका छन् ।
सीमाले २ वटा र्यांक ल्याएको छ । प्राइम सिएमा पढेका दोश्रो भएका विद्यार्थीकोभन्दा एक नम्बरले मात्रै बढी ल्याएर सीमाको पहिलो र्यांक छ । सीमाले ५ औं र्यांक पनि ल्याएको छ ।
नेपालको पहिलो सिए इन्स्टिच्युट सीएआइको नतिजा पनि राम्रो छ । कुल १५ जना परिक्षा दिएकामध्ये ११ जना उतिर्ण भएका छन् । 

प्रतिक्रिया दिनुहोस्