
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।
को हुन् राम चन्द्र खनाल ?
राम चन्द्र खनालको अहिलेको परिचय बैंकर हो । उनी कुमारी बैंक लिमिटेडमा टप मेनेजमेन्टमा काम गर्छन् । बैंकिङमै पनि छिटो करियर ग्रोथ गरेका र सबैको प्यारो बन्न सफल भएका खनाल विद्यार्थीमाझ पनि उतिकै लोकप्रिय छन् । निल बहादुर सारु मगर पनि उठ्ने चर्चाले उनलाई चुनावमा गाह्रो बनाउने हो कि भन्ने स्थिति थियो। तर अहिले उनी निकै सेफ जोनमा छन्। हुन पनि रामचन्द्र खनालले जति चुनावमा मेहेनत कमैले गरेका होलान् ।
सबैलाई रिझाएर अगाडी बढ्न सक्ने खनाल बैंकङका मुद्धा आइक्यानबाट सम्बोधन गर्नका लागि पनि आइक्यानमा चाहिने पात्र हुन्। त्यसैले बैंक तथा वित्तीय संस्थामा काम गर्नेहरुका लागि राम चन्द्र खनालको विकल्प नै छैन भन्दा पनि हुन्छ । यसै पनि उनी सबैका प्रिय छन्। विद्यार्थीहरुमाझ पनि लोकप्रिय छन् उनी ।
उनले पढाएका विद्यार्थीहरु जो सिए भईसकेका छन्, उनीहरुको मिठो साथ छ खनाललाई । बैंकरहरुको साथ पनि निकै राम्रो छ उनलाई । र त अहिले कता-कता चर्चा छ… ‘टैङ्कर सिएले दिने भोट कल्लाई कल्लाई, बैंकर सिएले दिने भोट पक्कै रामचन्द्र खनाललाई। ‘ यहाँ टैङ्कर भनेर बढी जाँड खाने सिएलाई भनिएको हो।
राम चन्द्र खनाललाई भोट किन दिने ? किन नदिने ?
रामचन्द्र खनालले ठाउँ पाए कतिसम्म काम गर्न सक्छन् भन्ने कुराको उदाहरण स्वयम् उनी कार्यरत संस्था अर्थात कुमारी बैंक हो । कुमारी बैंकमा आफुले पाएको ठाउँलाई उनले यसरी न्याय गरेका छन् कि, त्यो ठाउँमा उस्तै नजान्ने मान्छे परेको भए डिप्रेस भएर बैंक नै छोडीसक्नुपर्थ्यो । अनुजमणि तिमील्सिनाजस्तो बैंकरसंग काम गरेर पनि जस पाउनु सजिलो काम होइन । तर उनले कुमारी बैंकलाई एउटा मज्जाको लय दिएका छन् । यसले पनि उनी कति क्षमतावान छ भन्ने देखाउँछ । अर्को तर्फ उनी पढाउने काम पनि गर्छन्। उनले विद्यार्थीका समस्या बुझेका छन् । आइक्यानको आवश्यकता बुझेका छन्। त्यसैले एक पटक खनाललाई अवसर दिए उनले आइक्यानमा धेरै गर्न सक्छन्। अर्कोतर्फ बैंकका कुरा आइक्यानसम्म लैजाने र आइक्यान र बैंकलाई जोड्ने एकमात्र पात्र उनी नै हुन सक्छन। त्यसैले पनि उनको आइक्यानमा उपस्थितिअनिवार्य जस्तै नै छ ।
उनलाई भोट नदिनुपर्ने कारण खासै केहि पनि छैन ।
समग्रमा,
उनको चुनावी स्थिति राम्रो छ । राम्रो मान्छेलाई भगवानले त साथ दिन्छन भन्छन्, उनले त मेहेनत नै गरेका छन् । उनको जीत कसैले रोकेर रोक्न सक्ने स्थितिमा छैन ।
प्रतिक्रिया दिनुहोस्