माधव अधिकारी काठमाडौँ ।
बीबीसी नेपाली सेवाकाप्रमुख रवीन्द्र मिश्रले युवाहरुसँग काव्यविमर्श गरेका छन् । विमर्श नेपाल र चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा उनले करीब दुई घन्टा आफ्ना प्रकाशित र अप्रकाशित कविता सुनाए ।
उनले पाप, आजरातीबाह्र बजे, क्रान्ति, म पत्रकार हुँल गायतका एकदर्जन कविता सुनाए । पत्रकारिता आफ्नो पेशा भएपनि सहित्य साधनामा कवितालाई नै मुख्य विधा बनाएको उनले बताउए । उत्साहित मुद्रामा देखिएका मिश्रका कविता युवाहरुले निकै रुचिपूर्वक सुनेका थिए ।
भूकम्प, आमालगायतका अप्रकाशित कविता आफ्नो आगामी कृतिमा समेटिने जानकारी उनले दिए ।कार्यक्रममा कवि तथा समालोचक महेश पौड्यालले मिश्रका कविता शक्तिशाली रहेको बताउँदै धन्यवाद दिए ।
विमर्श नेपालका अध्यक्षकिरण भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रज्ज्वलअधिकारीले गरेका थिए । समारोहमा चैतन्य इन्स्टिच्युटका प्रमुख गणेश जोशीले स्वागत मन्तब्य राखेका थिए । विमर्श नेपालले आफ्नो मासिक साहित्यक श्रृङ्खाला अन्तर्गत पहिलो कार्यक्रममा मिश्रलाई आमन्त्रण गरेको थियो । हेर्नुहोस् कार्यक्रमको फोटो फिचर :














प्रतिक्रिया दिनुहोस्