
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्श बैंक, पीवाईसी एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेण्ड र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाउँदै अदालतमा परेको मुद्धामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
एपेक्स डेभलोपमेन्ट बैंक लगायतका बैंकहरु एनसीसीमा मर्ज गर्न क्रममा फर्जी डीडीए रिपोर्ट बनाएको, मर्जरको क्रममा डीडीए गर्ने कम्पनी पीवाईसी एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सको मिलेमतोमा एपेक्स डेभलपमेन्ट बैंकको विग्रेको कर्जापनि असल कर्जामा गणना गरेको र मर्जका पार्टर संस्थाहरुलाई सयौं करोड रुपैयाँ क्षति गराएको आरोप लगाउंदै उक्त मुद्धा परेको थियो ।
एनबी ग्रुप, एनवी इ्रन्भेष्टमेन्ट, एनबी मार्केटिङ, सांग्रिला इन्भेष्टमेन्ट र जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजले बैशाख २४ गते हालेको मुद्दाको सुनुवाई गर्दै न्यायधिश राजेन्द्र सुवेदीको एकल इजालासले विपक्षीलाई कारण देखाउ आदेश दिंदै एपेक्स र एनसीसीको हिसाव छुट्टै राख्न अन्तरिम आदेश दिएको छ ।
पीवाईसी एण्ड एसोसीएट्स हाल सिए युद्ध राज ओलीको फर्म हो । केहि समयअघि युद्धराज ओली र आइक्यानका पूर्वअध्यक्ष प्रकाश लम्सालबीच झगडापरेपछि लम्साल उक्त फर्मबाट बाहिरिएका थिए ।


प्रतिक्रिया दिनुहोस्