Skip to content

प्रकाश लम्सालको ‘डिजाइन’मा प्राइम सिए विरुद्ध गलत प्रचार, यस्तो रहेछ खास कारण :

प्रकाश लम्साल । आइक्यानमा अबको केहि दिनका लागि अध्यक्ष । व्यक्तिगत रिस र रिसिवीलाइ लिएर पदको दुरुपयोग गरेको आरोप लागेका एक पात्र । प्राइम सिएलाइ परेको टेन्डर प्रकाश लम्सालको ठाडो निर्देशनमा अर्को संस्थालाइ दिएपछी अख्तियारको फन्दामा परेका लम्सालले कतै पनि आफ्नो पावर देखाउन नसकेपछि केहि मिडियाहरुको साथ लिएका छन् ।
स्रोतका अनुसार एक टेलिभिजनलाइ आफ्नो हातमा लिएर अहिले लम्साल प्राइम विरुद्ध प्रचार गर्न लागिपरेका छन् । ‘केहि बिषय छैन, तर नवराज बुर्लाकोटीलाई गाली गर्नु ! सिधै भन्दा तपाइँहरुलाई पनि समस्या होला, मिलाएर सिए सरोकारलाइ पेल्नु । ‘ प्रकाश लम्सालले एक टेलिभिजनकर्मीलाई निर्देशन दिएको स्रोतको दावी छ । यस अघि पनि प्रकाश लम्सालले प्राइम, एओसी लगायातका संस्थाहरुका विरुद्धमा प्रचार प्रसार गरेका थिए ।
प्रकाश लम्साल सिमा एकेडेमिक्स का प्रमोटर थिए भने अध्यक्षले कुनै सिए पढाउने संस्थाको बिल्ला भिरेर आइक्यानमा काम गर्न नहुने आवाज उठेपछि उनले आफ्नो शेयर आफन्तको नाममा ट्रान्सफर गरेको स्रोतको दावी छ । उनलाइ आइक्यानका डाटाहरु सिमामा पुर्याएको लगायतका विभिन्न आरोप पनि लागेको थियो ।
केहि दिनपछी आइक्यानको अध्यक्ष पदबाट बिदा हुन लागेका लम्सालले जाँदा जाँदै प्राइम सिएका नवराज बुर्लाकोटीलाई केहि भए पनि नराम्रो गरौँ भन्दै केहि पत्रकारसंग केहि दिन अगाडी काठमाडौँको एक रेस्टुरेन्टमा बैठक समेत बसेको स्रोतको दावी छ । अध्यक्षको पद छाडेपछि कमाइ खाने संस्था सिमा नै रहेकाले र प्राइम सिए संगको रिस फेर्ने ठाउँ नभएपछी उनले आफु निकटका केहि पत्रकारहरुलाई प्रयोग गरेको बताइएको छ ।
केहि समय अगाडी पनि प्राइम लगायतका संस्थाहरुको विरुद्धमा हुँदै नभएको मनगणन्ते कुराहरु प्रस्तुत गरेर कु-प्रचार गर्ने प्रयास गरिएको थियो । ‘एकै पटक सबैलाई नराम्रो भन्दा प्रेसर आयो, पहिला प्राइमलाइ सिध्याउनुहोस्, अनि सबैलाई एक एक गरी ठोक्नुहोस। ‘ प्रकाश लम्सालको निर्देशन रहेको बताइएको छ । उनकै निर्देशन अनुसार कुनै तर्क बिना विभिन्न उखान टुक्का र मनगनन्ते कथा बनाएर नवराज बुर्लाकोटीको चरित्र हत्या गर्ने प्रयास गरिएको छ ।        
विभिन्न विषयमा जानकारी लिन पटक पटक सम्पर्क गर्दा पनि प्रकाश लम्साल सिए सरोकारको सम्पर्क बाहिर छन् । स्मरण रहोस् उनी इतिहासमै पहिलो पटक भ्रष्टाचारको आरोपमा अख्तियारले मुछिएका आइक्यानका अध्यक्ष हुन् । उनकै डीजाइनमा केहि समय अगाडी विभिन्न सिए इस्न्तिच्युट विरुद्ध गलत प्रचार भएको थियो भने अबका केहि दिन यता पनि यहि क्रम अगाडी जाने बुझिएको छ । स्रोतका अनुसार प्राइम लगायतका केहि सिए इस्न्तिच्युटका विरुद्धमा लाग्ने सर्तमै उनले आइक्यानका महेश खनाललाइ नैतिक समर्थन गर्ने नत्र नगर्ने धम्की दिइसकेका छन् । यहि क्रम अनुसार केहि दिनपछी अन्य केहि सिए इन्स्टिच्युटका बारेमा पनि गलत प्रचार युक्त सामाग्री विभिन्न संचारमाध्यममा आउने बुझिएको छ ।
‘कि तपाईंहरु कमाउनुहोस, कि ठोक्नुहोस।  प्रकाश लम्सालले विभिन्न पत्रकारहरुलाई भेटेर भनेको उक्त बैठकमा समेत उपस्थित भएका एक पत्रकारले सिए सरोकारलाइ जानकारी दिएका छन् ।       

प्रतिक्रिया दिनुहोस्