
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – आइक्यानले मंगलबार प्रकाशित गरेको नतिजामा प्राइम सिएले उत्कृष्ट नतिजा ल्याएको छ । प्राइम सिएका प्रमुख कार्यकारी अधिकृत टंकलाल श्रेष्ठले दिएको जानकारी अनुसार क्याप वानमा उत्कृष्ट १० मध्ये ९ जना प्राइमका विद्यार्थी छन् । पहिलो र्यांक एक नम्बरले चुकेको छ भने बाँकी र्यांकमा प्राइम सिएकै बर्चश्व छ ।
यसैगरी क्याप टु मा पनि प्राइम सिएकै विद्यार्थीले टप गरेका छन् । प्राइम सिएमा अध्ययन गरेका कैलाश जोशीले कुल ४३१ अंक अर्थात ६१.५७ प्रतिशत ल्याएर क्याप टू टप गरेका छन् भने क्याप थ्रीमा सबैभन्दा बढी अंक प्राइमका विद्यार्थी गणेश पन्थीले कुल ४७० अंक अर्थात ५८.७५ प्रतिशत ल्याएका छन् ।
प्राइम सिए बिगत लामो समयदेखि उत्कृष्ट नतिजा ल्याईरहेको सिए इन्स्टिच्युट हो ।
प्रतिक्रिया दिनुहोस्