Skip to content

विद्यार्थीको पैसामा श्रीमतीसहित आइक्यान अध्यक्ष विदेश भ्रमणमा !

हुन त त्यहि विदेश भ्रमण गर्नु  , त्यहि एक दुइ वटा राम्रा क्लाइन्टलाइ ‘आफ्नो’ बनाउनु नै अध्यक्ष हुनुको मुख्य फाइदा हो ।  तर आइक्यानमा विद्यार्थीहरुको कन्तबिजोग हुँदा आइक्यान अध्यक्ष भने विदेश भ्रमणमा छन्। त्यसमाथि एक्लै पनि होइन, आफ्नी श्रीमतीसँगै । त्यो पनि विद्यार्थीको पैसामा । भूकम्पको मारमा परेका विद्यार्थीहरुले जोहो गरेर बल्लबल्ल आइक्यानमा तिरेको पैसाले उनी श्रीमतीसँग सिङ्गापुरमा मस्ती गरिरहेका छन्।  

यसो त उनी साफाको कार्यक्रमका लागि सिङ्गापुर पुगेका हुन् ।  उनीसंगै आइक्यानका उपाध्यक्ष पनि भ्रमणमा छन् साफाको कार्यक्रमका लागि।  तर आइक्यानको काम नै छोडेर अध्यक्ष र उपाध्यक्ष दुवै भ्रमणमा जानुलाई भने  सरोकारवालाहरुले नकारात्मक हिसावले लिन थालेका छन् । आइक्यानमा सीओपी वितरण, जीएमसीएस तालिम जस्ता महत्वपूर्ण विषयलाई लात मार्दै उनी श्रीमती सहित विदेश भ्रमणमा छन्।   
‘साफामा नेपालको प्रतिनिधित्व गर्नु राम्रो र आबश्यक पनि हो।  तर विदेश भ्रमण भन्दैमा सके जति र आफ्ना जति च्यापेर हिडेका छन् अध्यक्ष !’ एक सिएले भने। 
उनी साफाको कार्यक्रममा सहभागी हुनुलाइ सामान्य मानिएपनि श्रीमती सहित आइक्यानको पैसामा मोज गर्नु भने गलत भएको सिएहरु बताउँछन् । ‘विद्यार्थीको पैसामा आफु त मोज गरे गरे, सकेको बेला आफ्नी श्रीमतीलाई समेत विदेश घुमाए।’ अर्का एक सिएले आक्रोस पोखे ।  
आइक्यान अध्यक्ष विदेश भ्रमणमा रहेर मस्ती गरिरहँदा यता आइक्यानमा भने बिजोग छ।  जीएमसीएस तालिम हुन सकेको छैन भने अन्य केहि महत्वपूर्ण कामहरु भद्रगोल छन्। नेप्लिज डट ओआरजीमा खबर छ। 

प्रतिक्रिया दिनुहोस्