हुन त बर्ष नै १९ कटेको ! मानिसमा बिर्सिने, सानो कुरामा खुसी हुने, झनक्क रिस उठ्ने, उत्ताउलो हुने र महत्वकांक्षा बढी हुने उमेर हो यो ! आइक्यानले पनि त्यहि व्यहोरा देखायो, गत ३१ जनवरीका दिन । विभिन्न परिक्षामा उत्कृष्ट हुनेलाइ सम्मानको तयारी त आइक्यानले भव्यनै गर्यो, तर जो सम्मानित हुनुपर्ने हो उसैलाई भने खबर नै भएन ।
कार्यक्रम सुरु भएर जव सम्मानित हुनुपर्नेको नाम बोलाइयो, उनी त्यहाँ थिएनन् । त्यसपछी उनी किन आएनन् भनेर एक शुभचिन्तकले उनलाई खबर गरे । बल्ल थाहा भयो उनलाई त कार्यक्रमको बारेमा केहि थाहा नै रहेनछ ।
आइक्यानले आफ्नो बार्षिकउत्शवको अवसर पारेर विभिन्न परिक्षामा उत्कृष्ट हुनेलाई सम्मान गर्ने गरेको थियो । तर कार्यक्रमको तयारीताका देखि नै आइक्यान अध्यक्ष भने विदेशमा थिए । अध्यक्षको व्यवस्थापकीय क्षमता नै कमजोर भएकाले कर्मचारीहरुले पनि लापर्वाही गर्न थालेको चर्चा पनि चलेको थियो त्यतिबेला । यसरी सम्मानित हुनुपर्ने व्यक्तिलाई नै निम्तो नपुगेको यो पहिलो पटक हो । ‘हुन त प्रकाश लम्शाल अध्यक्ष भएपछि धेरै कुरा पहिलो पटक भएको छ आइक्यानमा । यो घटनालाई पनि त्यहि सम्झेर चित्त बुझाउनु पर्ला । ‘ आफ्नो नाम नबताउने सर्तमा आइक्यान बोर्डबाट उतिर्ण एक सिएले भनेका थिए ।
प्रतिक्रिया दिनुहोस्