हुन त त्यहि विदेश भ्रमण गर्नु , त्यहि एक दुइ वटा राम्रा क्लाइन्टलाइ ‘आफ्नो’ बनाउनु नै अध्यक्ष हुनुको मुख्य फाइदा हो । तर आइक्यानमा विद्यार्थीहरुको कन्तबिजोग हुँदा आइक्यान अध्यक्ष भने विदेश भ्रमणमा थिए । त्यसमाथि एक्लै पनि होइन, आफ्नी श्रीमतीसँगै । त्यो पनि विद्यार्थीको पैसामा । भूकम्पको मारमा परेका विद्यार्थीहरुले जोहो गरेर बल्लबल्ल आइक्यानमा तिरेको पैसाले उनी श्रीमतीसँग सिङ्गापुरमा मस्ती गरिरहेका थिए ।
यसो त उनी साफाको कार्यक्रमका लागि सिङ्गापुर पुगेका थिए । उनीसंगै आइक्यानका उपाध्यक्ष पनि भ्रमणमा थिए साफाको कार्यक्रमका लागि । तर आइक्यानको काम नै छोडेर अध्यक्ष र उपाध्यक्ष दुवै भ्रमणमा जानुलाई भने सरोकारवालाहरुले नकारात्मक हिसावले लिन थालेका थिए, जुन स्वाभाविक पनि थियो । आइक्यानमा सीओपी वितरण, जीएमसीएस तालिम जस्ता महत्वपूर्ण विषयलाई लात मार्दै उनी श्रीमती सहित विदेश भ्रमणमा थिए ।
‘साफामा नेपालको प्रतिनिधित्व गर्नु राम्रो र आबश्यक पनि हो। तर विदेश भ्रमण भन्दैमा सके जति र आफ्ना जति च्यापेर हिडेका छन् अध्यक्ष !’ एक सिएले भने।
उनी साफाको कार्यक्रममा सहभागी हुनुलाइ सामान्य मानिएपनि श्रीमती सहित आइक्यानको पैसामा मोज गर्नु भने गलत भएको सिएहरु बताउँछन् । ‘विद्यार्थीको पैसामा आफु त मोज गरे गरे, सकेको बेला आफ्नी श्रीमतीलाई समेत विदेश घुमाए।’ अर्का एक सिएले आक्रोस पोखे ।
आइक्यान अध्यक्ष विदेश भ्रमणमा रहेर मस्ती गरिरहँदा यता आइक्यानमा भने बिजोग छ। जीएमसीएस तालिम हुन सकेको छैन भने अन्य केहि महत्वपूर्ण कामहरु भद्रगोल थिए ।
यो खबरलाइ केहि पत्रिका तथा अनलाइनहरुले पनि प्राथमिकताका साथ प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्