Skip to content

लम्साल कार्यकालको फ्ल्यासब्याक : आफ्नो क्लाइन्ट फुत्किने डरले क्याप थ्रीहरुलाई बेरोजगार बनाइदिएका थिए लम्सालले

https://casarokar.com/wp-content/uploads/2016/07/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP-3.jpgआइक्यानले समयमै जीएमसीएस तालिमको आयोजना नगर्दा आइक्यानका विद्यार्थीहरु मारमा परेका थिए । अध्यक्षलाइ खासै कुनै चासो थिएन।  आइक्यानले तालिम नलिंदा सिए उतिर्ण भएकाहरुले सदश्यता लिन नपाउँदा एकातर्फ पुषमा लिन सक्ने  ‘एपोइन्टमेन्ट’ लिन नपाउँदा ठुलो घाटा व्यहोर्नु परेको छ भने अर्कोतर्फ मानसिक तनाव खेप्नु परेको थियो । उक्त तालिम नालीई सदश्यता लिन नपाउने हुनाले उनीहरुले मानसिक तनाव खेप्नु परेको हो। 
के भनेका थिए थ्री उतिर्ण भएकाहरु ? : सिए सरोकारसँग कुराकानी गर्दै क्याप थ्री उतिर्णहरुले आफुहरु निकै नै तनावमा परेको बताएका थिए ।  ‘क्याप वान भर्ना गर्दा देखि सुरु भएको विद्यार्थीको टेन्सन क्याप थ्रीको परिक्षा उतिर्ण गरेर पनि सकिएन ‘सिए सरोकारसँग कुराकानी गर्दै क्याप थ्रीको परिक्षा उतिर्ण गरेका एक आइक्यानका पूर्व विद्यार्थीले बताए । आइक्यानबाट क्याप थ्री उतिर्ण अर्का एक पूर्व आइक्यानका विद्यार्थीले भनेका थिए  ‘ पास त भइयो तर काम गर्न पाइएन।  कसलाई के भन्ने, के गर्ने तनाव भएको छ। ‘
किन भएन जीएमसीएस तालिम ? : जीएमसीएस तालिमका लागि आइक्यान र कुसुम बीच सम्झौता भएको छ ।  यता आइक्यानका प्रतिनिधिहरु कुसुमले ढिलासुस्ती गरेको र आफुहरुले पहल गरिरहेकोबताउंदै गर्दा उता कुसुमले किन जीएमसीएस तालिम आयोजना भएको छैन भन्नेबारे कुनै प्रतिकृया सार्वजनिक गरेको थिएन ।  सामान्यतया नेपालमा भइरहेको इन्धन संकटले तालिम आयोजना हुन नसकेको हुनसक्ने कुसुम स्रोत बताउँदै थियो ।  तर जीएमसीएस तालिम सम्पन्न नहुनुको यकिन कारण भने पत्ता लाग्न सकेको थिएन ।  यस भन्दा अघि परीक्षाको नतिजा आएको एकमहिनापछी तालिम गर्ने गरिन्थ्यो भने यसपाली परिक्षाको नतिजा आएको २ महिना नाघिसकेको थियो । 
क्याप थ्री उतिर्णहरु बेरोजगार भए : आइक्यानले समयमै जीएमसीएस तालिम नदिँदा आइक्यानबाट उतिर्ण भएका र प्राक्टिसमा जान खोज्नेहरु लगभग बेरोजगार नै भएको स्थिति थियो ।  यहि कारण नै विद्यार्थीले आइक्यानमाथि आक्रोस पोखिरहेका थिए । सदश्यता नलिई आफुलाई सिएको रुपमा प्रस्तुत गर्न नसक्ने हुनाले पनि क्याप थ्री उतिर्णहरु तनावमा परेका थिए । 
फाईदा आइसीएआइका उत्पादनहरुलाई : आइसीएआइका उत्पादनहरुले जीएमसीएस तालिम लिनु नपर्ने हुनाले सदश्यता परिस्क्षा उतिर्ण गरिसकेपछी भकाभक काम गर्न थालेको स्थिति थियो ।  यता संगै उतिर्ण भएका आइक्यानका उत्पादनहरुलाइ भने आइक्यानले बेरोजगार बनाइदिएका थिए ।  स्रोतका अनुसार आइक्यानले समयमै जीएमसीएस तालिम नदिँदा नेपाल बोर्डका उत्पादनहरुले लिन सक्ने सम्भावित क्लाइन्ट पनि गुमेको र त्यसको फाइदा भारतीय बोर्डबाट उतिर्णहरुले लिएका थिए । 

आइक्यान अध्यक्ष माथि ठडियो औंला : आइक्यानका अध्यक्ष भएको मितिदेखि नै हरेक जसो कुरामा विवादित बनेका प्रकास लम्शाल माथि यो बिषयमा पनि औंला उठेको थियो ।  आइसीएआइबाट उतिर्ण भएको र आइसीएआइसँगको सम्बन्ध राम्रो भएका कारणले आइक्यानको जीएमसीएस समयमा नगरेर अध्यक्षले भारतीय सिएहरुलाई पोसेको समेत उनीमाथि आरोप छ।  यता आफ्ना केहि क्लाइन्ट गुम्न सक्ने कारणले पनि उनले जी एमसीएस धकेलेको केहिको आरोप थियो ।  नेपाली उत्पादनलाइ सकेसम्म पछाडी पार्ने गरेको आरोप खेप्दै आएका लम्शाल  केहि समय अगाडी बिदेशी सिएहरुलाई अनिवार्य तालिम लिनु पर्ने व्यवस्था ल्याउन खोज्दा पनि उनले बिरोध गरेको जानकारहरुले बताएका थिए । 

क्याप थ्री उतिर्णहरुको कन्तविजोग : आइसीएआइबाट उतिर्ण गरेर नेपालको सदश्यता लागि परिक्षा दिएका हरुले सदश्यता पाईसकेका थिए ।  तर नेपाल बोर्डबाटै सिए उतिर्ण गरेकाहरु भने आइक्यानले समयमै जी एमसी एस तालिम नदिँदा मर्कामा परेका थिए ।  नतिजा आएको एक महिनामै हुने गरेको उक्त तालिम सम्पन्न नहुँदा गत जुनको परिक्षामा उतिर्ण हुनेहरुको कन्तबिजोग भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्