Skip to content

विवादै विवादका बीच प्रकाश लम्सालका केहि राम्रा काम, जसलाई बिर्सनु हुँदैन…

सबैलाई थाहा छ, प्रकाश लम्साल आइक्यानको इतिहासमै सबैभन्दा बढी विवादित अध्यक्ष हुन् । उनी माथि लागेको भ्रष्टाचारको आरोपले उनलाई झन् विवादित बनाएको थियो । यसो भन्दै गर्दा उनले गरेका केहि राम्रा काम हरुलाई बिर्सनु हुँदैन । विशेषगरी कार्यकालभर उनले गरेका केहि राम्रा कामहरु यस्ता छन् :

  • आइक्यान र सीपीए अष्ट्रेलियाबिच भएको एमआरएको सबै काम नरेन्द्र भट्टराइले सकेको भएपनि त्यसमा हस्ताक्षर अध्यक्ष भएको नाताले प्रकाश लम्साल कै छ । भलै यहि गर्न लम्सालले उक्त एमआरएलाइ जानी जानी धकेलेको आरोप लागेको थियो । तर पनि यो ऐतिहासिक कामका लागि उनलाई आइक्यानले सम्झिनेछ ।
  • विद्यार्थीहरुको परिक्षाका लागि परिक्षा केन्द्र उनकै कार्यकालमा सरेको थियो । यो सबैकाम परिक्षा समितिले गरेको भए पनि यसको जस उनलाई पक्कै जान्छ र जानुपर्छ पनि ।
  • पियु संग विभिन्न काम गर्ने सम्झौता सहितको पत्रमा उनले नै हस्ताक्षर गरे । उनले भनेजस्तो निकै ठुलो एमओयु नभएपनि यो इतिहासमा पहिलो पटक कुनै विश्व विद्यालयसंग गरियेकोस सम्झौता भने पक्कै हो ।           

प्रतिक्रिया दिनुहोस्