
स्रोतका अनुसार प्राइम मल्टिपल एजुकेशन फाउन्डेसनलाई नियम अनुसार परेको टेन्डरको काम आइक्यान अध्यक्षको ठाडो निर्देशनमा अध्यक्ष निकट कम्पनीलाई दिएपछी अख्तियारदेखि अर्थ मन्त्रालय स्रोतको समेत चौतर्फी दवावमा परेका अध्यक्ष कारवाहीमा पर्ने निश्चितजस्तो भएपछी यस्तो मध्यमार्गी बाटो खोजिएको हो ।
‘प्राइमलाई परेको टेन्डरको काम आइक्यान अध्यक्षको ठाडो निर्देशनमा अन्य ठाउँबाट भइसकेको छ । अख्तियारले अर्थमन्त्रालयमा आइक्यान अध्यक्षलाई लागेको भ्रष्टाचारको आरोपबारे बुझ्न अर्थ मन्त्रालयलाई पठाएको थियो भने उक्त पत्र आइक्यानमा आएपछि आइक्यानमा यस बिषयमा छानविन गर्न समिति समेत बनेको थियो । नियम विपरित काम भइसकेकाले अख्तियारको कारवाहीबाट पनि जोगिन सक्ने , र अध्यक्ष निकट कम्पनीलाई काम दिने गरी नीतिगत भ्रष्टाचार हुने गरेको भन्ने आरोपलाई पनि चिरिने हुनाले यस्तो मध्यमार्गी बाटो खोजिएको बताइएको छ ।
‘कुनै पनि हालतमा प्राइमलाई काम नदिने वातावरण बनाउने अडान आइक्यान अध्यक्षले लिएपछि निकै अफ्ट्यारोमा परेका आइक्यानलका उपल्लो तहका कर्मचारीले अध्यक्ष पनि खुसी हुने, कारवाही पनि रोक्न मद्दत हुने र अन्य संस्थालाई काम नदिएपछि प्राइमको रिस पनि मर्ने भन्दै आफैं उक्त तालिम संचालन गर्न लागेको छ ।’ आइक्यान स्रोतले सिए सरोकारलाई बतायो ।
प्रतिक्रिया दिनुहोस्