Skip to content

लम्साल कार्यकालको फ्ल्यास ब्याक : OMOP लाई लात मारेको त्यो दिन, प्रकाश लम्सालको सफत र जुत्ता हान्ने हल्ला… !

एक व्यक्ति एक  पेसाको नीति पर सार्न महत्वपूर्ण भूमिका खेलेको भनी पछिल्लो समयमा नेपाली सिए बजारमा अत्याधिक बिबादमा आएका  आईक्यानका नव निर्वाचित अध्यक्ष प्रकाश लम्शाल बुधबार सपथ लिंदै थिए   आईक्यानले होटल सोल्टीमा गरेको एक विशेष कार्यक्रमकाबीच उनले सपथ लिने कार्यक्रम थियो ।

जुत्ता हान्ने हल्ला : प्रकाश लम्शालले आईक्यानलाई आफ्नो प्राइभेट अफिस ठानेर मनलाग्दी गर्ने उद्देश्य लिएको र त्यहि अनुरुप एक व्यक्ति एक पेसा सारेको भन्दै असन्तुष्ट पक्षले उनलाई सफत कार्यक्रम स्थलमै जुत्ता हान्ने हल्लाले अहिले चर्चा  पाएको थियो त्यतिबेला ।  यसो त असन्तुष्ट पक्षका केहिले मंगलबार केहि पत्रकारहरुसँग भेटी आफुले प्रकाश लम्शाललाई  जुत्ता हान्न लागेको र त्यसको समाचार संकलन गरी सहयोग गर्न आग्रह गरेका थिए।


हल्लापछि आफु निकट पत्रकार मात्र बोलाईए : मंगलबारदेखिनै प्रकाश लम्शालको सफत कार्यक्रममा हुनसक्ने दुर्घटनाका बारेमा हल्ला चल्न थालेपछि पहिलो पटक आईक्यानको सफत कार्यक्रममा पत्रकार बोलाउने काममा गृहकार्य गरेको हल्ला बाहिरिएको थियो ।  यसै अनुरुप केहि पत्रकारहरुको निमन्त्रणा रद्ध गरी आफु निकटका पत्रकारलाई  मात्र बोलाउन प्रकाश लम्शालले उर्दी लम्सालले जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्