
सिए इन्स्टिच्युटहरुमा विद्यार्थीको फ्लो घटेका बेला एओसी र प्राइमले मात्र उल्लेखनीय रुपमा विद्यार्थी पाएको भन्दै प्राइम र एओसी विरुद्धको खेल सुरु भएको छ । यसैबीच बानेश्वरमा रहेको प्राइम सिए र पुतलीसडकमा रहेको एओसीलाई कसरी सिद्याउने भन्ने विषयमा केहिदिन यता गोप्य बैठकहरु हुन थालेको जानकारी सिए सरोकारलाई प्राप्त भएको छ ।
स्रोतका अनुसार, ‘सबन्धन नलिएका सिए इन्स्टिच्युटमा विद्यार्थीहरु धेरै भएपछि त्यसले सम्बन्धन लिएकाहरुले सम्बन्धनको औचित्य नदेख्न सक्ने र केही सीए इन्स्टिच्युटले अर्को बर्ष सम्बन्धन नवीकरण नगर्ने भनेको भन्दै एक सम्बन्धन लिएको संस्थाले आइक्यानका अध्यक्षलाई उचालेपछी आइक्यानका अध्यक्ष प्रकाश लम्शालको नेतृत्वमा उक्त बैठक संचालन भएको स्रोत बताउँछ ।
उक्त बैठकमा अध्यक्ष निकटका आइक्यानका केहि कर्मचारी, आइक्यान अध्यक्ष, पधाधिकारीहरु र केहि सिए इन्स्टिच्युटका प्रतिनिधि समेत रहेको स्रोतको दावी छ । उक्त बैठकमा अव आइक्यानले सार्वजनिक रुपमा कस्तो कुरा बोल्ने, के भन्दा प्राइम र एओसीलाई असर गर्छ लगायतका विषयमा छलफल भएको थियो । उक्त बैठकमा अव कसरी प्रस्तुत हुने, आइक्यानले जारी गर्ने सुचानाहरुमा के राख्ने, के नराख्ने लगायतका कुराहरु समेत भएका थिए ।
स्रोतका अनुसार आइक्यान अध्यक्षले उपस्थितहरुलाई कुनै पनि हालतमा प्राइम र एओसीमा विद्यार्थीहरुको फ्लो कम हुनुपर्ने भन्दै निर्देशन दिएका छन् । ‘त्यसले मलाई बसीटिक्न दिएको छैन । मेरो बारेमा जे पाए त्यहि भन्दै हिडेको छ । विद्यार्थी फेरी उसैकोमा बढी छ, हामीलाई सिध्याउने भो । ‘ एक सिएलाई इंकित गर्दै आइक्यान अध्यक्ष जंगीएका थिए । स्रोत अन्त्यमा भान्छ, बैठकमा सिए सरोकारका पत्रकारलाई तह लगाउने बिषयमा समेत कुरा भएको थियो भने आफ्ना गोप्य जानकारी पत्रकारलाई दिने मान्छे चिने त्यसको घाँटी निमोठीदिने भन्दै अध्यक्ष जंगीएका थिए ।
प्रतिक्रिया दिनुहोस्