
स्रोतका अनुसार उक्त उजुरी प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनले हालेको हो । आइक्यानले सार्वजनिक खरिद ऐन विपरित काम गरेको, सम्झौता गर्न बोलाएर अन्यत्रै विद्यार्थी पठाएको, लगायतका विभिन्न कागजातसहित कार्यालयमा उजुरी गरेको हो ।
केहि दिनअघि कार्यालयमा परेको उजुरीको बोधार्थ आज आइक्यान आइपुगेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेसँगै यो विषयले पुन: एकपटक बजार तताएको छ । यसअघि आइक्यानमा सार्वजनिक खरिद ऐन विपरित काम भएको भन्दै त्यसको अनुसन्धान गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धानमा समेत उजुरी परेको थियो ।
यस बिषयमा अख्तियारले अनुसन्धान गरीरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्