
बर्ष २०७२ मा अध्यक्षको पद सम्हालेदेखिनै आइक्यानका अध्यक्ष प्रकाश लम्षाल विवादमा आइरहे । उनीमाथि इतिहासमै आइक्यानको अध्यक्षलाई सबैभन्दा बढी आरोप लाग्यो । सिए क्षेत्रकै कहिले उनलाई ‘कन्ट्रोभर्सी किंङ’ पनि भने । हेरौं उनलाई लागेका आरोपहरु :
१. आइक्यानमा भ्रष्टाचार भएको भन्दै उनको प्रत्यक्ष संलग्नताको आरोप लाग्यो उनलाई । यहि विषयलाई लिएर उनीमाथि अख्तियारमा उजुरी पर्यो । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो उजुरीमाथि अनुसन्धान गरिरहेको छ ।
२. कापाको चुनावमा हारेर पनि जितेको भन्दै झुट बोलेको आरोप लाग्यो उनीमाथि । हारेर पनि जितेको भन्दै सामाजिक संजालमा छाएका उनले यस्तो झुटको खेती गरेर आइक्यानको बेइजत गरेको आरोप लाग्यो ।
३. सीपीए अष्ट्रेलियासँगको सम्झौतापछी धकेलेको आरोप लाग्यो उनलाई । कि आफ्नो नेतृत्वमा हुनुपर्ने कि गर्ने नदिने भन्दै जवरजस्त यो सम्झौतालाई धकेलेको आरोप लाग्यो उनलाई । चौतर्फी दवावपछी अन्तत : यो सम्झौता सम्पन्न भयो । आफ्ना क्लाइन्टहरु फुत्किने डरले जीएमसीएस तालिम संचालन गर्न ढिलो गरेको समेत आरोप लाग्यो उनलाई ।
४. पदको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई समेत आइक्यानकै पैसामा घुमाएको आरोप लाग्यो उनलाई । यो घटना बाहिरिएपछी उनले फेरी त्यसो गरेनन् । विद्यार्थीका समस्याहरु ज्युँ का त्यूँ छोडेर विदेशमा घुम्न गएको आरोप लाग्यो उनलाई ।
५. आइसीएइडब्लुसँगको एमआरए प्रक्रिया तुहाउन खोजेको आरोप लाग्यो उनलाई । कि आफ्नो कार्यकालमा हुनुपर्ने कि गर्ने नदिने भन्दै उनी लागेको आरोप लाग्यो उनलाई । अहिले यहि कार्यकालमै यो सम्झौता गराउने पक्षमा उनी लागि परेका छन् । तर केहि ढिलो भएको खण्डमा यसलाई तुहाइदिने प्रक्रियामा समेत लागेको आरोप छ उनलाई । नरेन्द्र भट्टराइकै पालामा हुनुपर्ने यो सम्झौतालाई आफैं जस लिन जवरजस्त सारेको आरोप छ उनलाई ।
७. आफु पदमा पुगेको बेला आफुलाई रिस उठेका बजारका केहि सिएहरुमाथि कारवाही गर्ने बदनियत राखेको आरोप लाग्यो उनलाई । सम्बन्धित ठाउँमा आफैं उजुरी गर्ने, त्यहाँबाट आइक्यानमा पत्र कटाउने र आइक्यानले कारवाही गर्न खोज्ने जस्तो काममा लागि परेको आरोप समेत उनलाई लाग्यो । साथै उनलाई केहि प्राइभेट सिए इस्न्तिच्युट विरुद्ध प्रचारमा लागेको आरोप पनि लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्