Skip to content

लम्साल कार्यकालको फ्ल्यासब्याक : २ लाख वाला स्ट्याटसपछी फेसबुक नै बन्द गरे लम्सालले


आइक्यानमा सार्वजनिक खरिद ऐन विपरित काम गरेको भन्दै अख्तियारमा उजुरी परेपछि  यतिबेला प्रकाश लम्शालको दिमागमा के चलेको होला भन्ने अनुमान धेरैले गर्नु स्वाभाविक हो । आफ्नो कार्यकालको सुरुवात देखि नै विभिन्न बहानामा विवाद र चर्चामा आएका लम्साल अहिले उनले लेखेको फेसबुक स्ट्याटसका कारण निकै चर्चामा आएका छन् । उनले २०७२ साल चैत्र १७ गते बुधाबार बेलुका आफ्नो फेसबुकमा He had asked for Rs. 200,000 . Rest you can understand…….!I am not a coward !!’ लेखेपछि  यससम्बन्धमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । केहिले अख्तियारमा मुछिने डरले उजुरीकर्ताले पैसा मागेको देखाउन वा बुझाउन यस्तो लेखिएको हुन सक्ने बताएका छन् भने केहिले भने यो उनको आन्तरिक मामला हुन सक्ने बताएका छन् ।

उनले राखेको फेसबुक स्ट्याटसमा यो समाचार तयार गर्दासम्म ४९ जनाले ‘लाइक’ गरेका छन् भने केहिले कमेन्ट समेत गरेका छन् । केहिले उनको फेसबुक स्ट्याटस आउनुको कारण आफुलाई थाहा भएको कमेन्ट गरेका छन् भने कहिले ‘कसले घुस माग्यो भन्ने?’ भन्ने प्रश्न गरेका छन् ।

यस विषयमा सिए सरोकारले अध्यक्ष लम्शालसँग बुझ्न खोज्दा उनको फोन लागेन । ‘आखिर कसले के कारणले माग्यो त आइक्यान अध्यक्षसँग २ लाख वा अख्तियारमा उजुरी गर्ने आफ्नै कर्मचारी विरुद्धको उनको यो फन्डा हो, हेर्न बाँकी नै छ ।       

प्रतिक्रिया दिनुहोस्