Skip to content

आइक्यानको चुनाव : पोष्टल भोटमा व्यापक धाँदली, उम्मेदवारको मनोमानी, आइक्यानको लापरवाही उस्तै !

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 
काठमाडौँ- आइक्यानको निर्वाचनमा पोष्टल भोटलाई लिएर व्यापक धाँदली भएको पाइएको छ । कतिपय कर्मचारीले भोटरको सट्टामा आफ्नै ठेगाना राख्ने, मोफसलका कतिपय ठाउँमा आफ्नो उम्मेदवारलाई भोट नहाले सहकार्य नै त्याग्ने धम्की दिने, जवरजस्ती भोट पठाउने, भोटरलाई थाहा नै नदिइ उसको नाममा भोट पठाईदिने, लगायतका काम भएको पाइएको छ । यतिसम्मकि आइक्यानका कर्मचारीहरुले नै उम्मेदवारहरुको भोट समयमै आइनपुगोस् भन्ने बदनियत राखी सस्तोखाले कुरियर प्रयोग गरेको पाइएको छ । जसका कारण बेलैमा सम्बन्धित ठाउँमा पोष्टल पुगेको छैन भने भोलिसम्म पोष्टल आइपुग्ने सम्भावना पनि घटेको छ । 
प्रतिनिधि केहि उदाहरणहरु :
बुटवलमा जवर्जस्ती भोट हाल्न लगाइयो । कोहि व्यक्ति विशेष वा समूहले भनेको ठाउँमा भोट नहाले सामुहिक रुपमा असहयोग हुने धम्कीपछि सबैले सल्लाहामै भोट हाले । यसविषयमा चित्त नबुझेका सिएले यो कुरा लिक नै गरिदिए । पोखरामा प्राय: सबै पोष्टल भोट एकै उम्मेदवारलाई हाल्दा केहीलाई दवाव नै दिइएको समेत आरोप केहि सिएहरुको छ । यतिसम्म कि एक सिएले त पोष्टल खारेज गरेर प्रत्यक्ष भोट हाल्न काठमाडौँ नै आएका छन् । केहि सिएले मतपत्र नै कब्जामा लिएको समेत आरोप लाग्यो । चितवनमा एक भोट भोटरले नभई उम्मेदवार आफैंले पठाएको खुलेको छ । यसो त यस्तो काम यो पहिलोपटक भएको भने होइन । तर गल्तीलाई समाधान गर्नुभन्दा पनि आइक्यानले उही पूरानो ढर्रा समात्दा थुप्रै उम्मेदवारहरु मर्कामा परेका छन् भने मतदान गर्न पाउने सिएहरुको अधिकार पनि खोसीएको छ । 

विदेशी पोष्टलमा आइक्यानकै लापरवाही !
४ भोट अष्ट्रेलियाको एकै ठाउँबाट पोष्ट भएको थियो । त्यो पनि एकै समयमा तर आइपुग्दा ३ भोट मात्र आएको छ । अष्ट्रेलियाको पर्थमा अझै पोष्टल नै पुगेको छैन । अमेरिकाको केहि शहरमा पोष्टल पुगेको छ त केहिमा अझै पुगेको छैन । क्यानाडाको स्थिति पनि त्यहि नै छ । अरु त अरु दुबईको एक ठाउँमा पुगेको पोष्टल बिचैमा गायब भएको खबर छ । यो काममा आइक्यानभित्रकै चलखेलका कारण सम्बन्धित ठाउँमा छिटो पोष्टल नपुगेको आरोप केहि उम्मेदवारहरुले लगाएका छन् । भोटजस्तो संवेदनशील कुरामा पनि दुइ चार सयको लोभ गरेर आइक्यानले गलत गरेको उनीहरुको भनाइ छ । ‘बरु हामीलाई नै कुरियर चार्ज तिर्न भनिएको भए हुन्थ्यो । सस्तो विधि खोज्दा भोट समयमा आइनपुग्ने भो ।’ एक सिएले सिए सरोकारसँग भने ।                    

प्रतिक्रिया दिनुहोस्