Skip to content

क्यान्डीडेट वाच-११ :पीके झाको चुनाव जित्ने सम्भावना कति ?

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।
को हुन्  पीके झा  ?
पीके झा पूराना सिए हुन् । सिए क्षेत्रमा उनी खासै सुनिएको नाम भने होइन।  तर उनको साथी सर्कल सिए क्षेत्रमा राम्रो छ । उनले आफुलाई पुग्ने भोट लगभग बटुलेका छन् । तर चुनाव न हो, उनको भोट रातारात अन्त पनि पुगेका छन् । त्यसैले उनी जित्ने उम्मेदवार हुँदा हुँदै पनि अन्तिम समयमा के होला भन्न सकिने अवस्था छैन । उनी खासै नचिनिएका पात्र भएकाले उनीबारे धेरै कुरा भन्न सकिने अवस्था छैन।  तर उनी निकटहरुले उनी क्षमता भएका सिए हुन् भन्छन् । निरन्तर आफ्नै काममा लागि  परेका पीके झाले आइक्यानमा आइक्यानलाई धेरै कुरामा अगाडी बढाउने एजेन्डा बोकेका छन् । तर कुरा छ- बजारमा खासै नचिनिएका व्यक्ति नेता बन्न सक्लान् ?
पीके झालाई भोट किन दिने ? किन नदिने ?
गर्न सक्नेलाई भोट दिने हो । उनी क्षमता भएका सिए हुन् । तर बाहिर खासै नचिनिने र धेरै सिएहरुले नचिन्ने हुनाले यस्ता व्यक्ति साच्चै नेता हुन सक्लान्  भन्ने प्रश्नले उनलाई भोट  किन दिने भन्ने स्वाभाविक प्रश्न भने उब्जिएको छ ।  
समग्रमा
उनी जित्ने सिए हुन् । उनलाई जितको लागि कामना भनौं।  

प्रतिक्रिया दिनुहोस्