Skip to content

पुस्तक लेख्दैछन् अमेरिकामा रहेका आइक्यानका पूर्व विद्यार्थी

हाल अमेरिकामा रही सीपीए अध्ययन गरिरहेका पितृ राज आचार्यको पुस्तक छिट्टै नै बजारमा आउने भएको छ।  हाल अमेरिकामा रहेका उनले ‘अमेरिकाबाट देखेको नेपाल’  बिषयक पुस्तक लेखिरहेका छन्। ‘नेपालको लेखा ब्यबशायका कमजोरी र ब्यबस्थापनका उपायहरु’ विषय पनि समेटिएको उक्त पुस्तक अहिले पितृ धमाधम लेखिरहेकाछन्।
केहि वर्ष उता आइक्यानका विद्यार्थी रहेका उनी पछी अमेरिका हानिएका थिए ।  लेखनमा निकै नै रुची भएको बताउने पितृ राज आचार्य अमेरिकामा त्यहाँको लेखा ब्यबसाय सम्बन्धी पढाइ सीपीए समेत पढिरहेका छन्।
उनको पुस्तक कहिले बजारमा आउँछ भन्ने एकिन नभएपनि सकेसम्म छिटो बजारमा ल्याउने तयारी गरिरहेको उनको भनाइ छ।  समाज सेवामा समेत रुची भएका पितृले नेपालमा भएका विविन्न प्राकृतिक दुर्घटनामा अमेरिकाबाट नै सहयोग गरेका थिए।
नेपाली लेखा व्यवसायलाई समेत नजिकबाट नियालेका पितृले सोहि अनुसारको आफ्नो बुझाइमा नेपाली लेखा व्यवसायको कमजोर पक्ष र ति कमरोज पर्क्षका समाधानका उपायहरु आफ्नो पुस्तकमा लेखेको बताएका छन्।

सिए सरोकारसँग कुराकानी गर्दै उनले आफ्नो पहिलो पुस्तकसँग आफु निकै नै आशावादी रहेको र उक्त पुस्तक बजारमा ल्याउन निकै नै उत्साहित भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्