Skip to content

Untitled Post

सिए सरोकार समूह 

सिए सरोकार डटकम शुभम् मिडिया प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो ।  यस प्रालिले आर्थिक मुद्धाहरुमा केन्द्रित समाचार पोर्टल अर्थसरोकार डटकम पनि संचालन गर्छ भने न्युज २४ टेलिभिजनमा सिए सरोकार टेलिभिजन कार्यक्रम, क्यापिटल एफएम ९२.४ मेगाहर्ज (काठमाडौँ) रेडियो सारंगी १०१.३ मेगाहर्ज (पूर्वान्चल) र रेडियो सारंगी ९३.८ मेगाहर्ज (पश्चिमान्चल) मा सिए सरोकार रेडियो कार्यक्रम पनि सञ्चालन गर्छ ।

आइक्यान, आइसीएआइ, एक्यान, सिए विद्यार्थी, एसीसीए विद्यार्थी, सिए सदश्य, एसीसीए सदश्य, आरए सदश्य वा समग्र लेखा व्यवसाय  सम्बन्धित समाचार सिए सरोकार डट कमका प्राथमिकता हुन् ।  यो पोर्टलको बेटा संस्करण  २०७१ साउन १ गतेबाट सुरु भएको हो । 

सुरज प्याकुरेल
प्रमुख सल्लाहकार

बाणिज्यशास्त्रमा स्नातकोत्तर र कानुनशास्त्रमा स्नातक गर्दै गरेका सुरज प्याकुरेल नेपाली
आर्थिक क्षेत्रमा कलम चलाउने अब्बल पत्रकारका रुपमा चिनिन्छन् । अडिक
विचार, समाचारमा सन्तुलन, तथष्ट संयोजन र तीखो प्रहार उनको विशेषतानै
बनिसकेको छ । सन्ध्याकालीन राष्ट्रिय दैनिक र देशप्रेम साम्प्ताहिकबाट
पत्रकारिताको सुरुवात गरेका प्याकुरेलले नेप्लिज डट ओआरजीमा उपसम्पादक, त्यसपछि प्रधान सम्पादक र सल्लाहकार सम्पादक रहेका ऊनी हाल सिए सरोकार डटकम र अर्थसरोकार डटकम मा सल्लाहकार सम्पादक छन् । पत्रकार प्याकुरेलले रातोपाटी डटकम र जनाह्वान साप्ताहिकमा समेत आर्थिक ‘बिट’मा काम गरेका  छन्  भने  पहिलोन्यूज डटकममा आर्थिक ब्युरो प्रमुखको रुपमा काम स्थापनाकालदेखि काम गरेका थिए  । सिए क्षेत्रमा  ‘फुल बिट’ पत्रकारिताको सुरुवात गरेकोमा उनी नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) बाट सन् २०१४ र सन् २०१६ मा गरी दुइ पटक  सम्मानित भईसकेका छन् ।
उनीसँग सगरमाथा टेलिभिजन, न्यूज २४ टेलिभिजन र टिभी टुडे टेलिभिजनमा समेत
टेलिभिजन कार्यक्रम निर्माण तत्था प्रस्तुतीको अनुभव छ भने क्यापिटल मिडिया
ग्रुप अन्तर्गत क्यापिटल एफएम र रेडियो सारंगीमा समेत कार्यक्रम निर्माण
तथा प्रस्तुतीको अनुभव छ ।   E-mail : [email protected]


ऋषिराम अधिकारी
कार्यकारी सम्पादक  

  


बिगत तीन बर्षदेखि पत्रकारीतामा आबद्ध ऋषि राम अधिकारी सिए सरोकारका कार्यकारी सम्पादक   एवम् दिल्ली ब्युरो प्रमुख समेत हुन्। ( सिए सरोकारको नयाँ दिल्लीमा समेत ब्युरो कार्यालय छ। ) सिए फाइनलमा अध्ययन गरिरहेका ऋषिराम अधिकारीले सिए सम्बन्धि समाचार सम्प्रेषण गरी उल्लेखनीय योगदान दिएको भन्दै सन् २०१५ मा हातेमालो नेपाली विद्यार्थी समुहद्वारा प्रदान गरिएको सम्मान प्राप्त गरिसकेका छन्।
Facebook: www.facebook.com/hrishi1993
Twitter: www.twitter.com/pyakurelsuraj
Website: www.rishiradhikari.com.np
E-mail :[email protected] 

सम्बाददाता 
कुमार प्रसाद न्यौपाने

धिरज प्याकुरेल 

आइटि विभाग प्रमुख  

सिन्धुली सौगात दैनिकका काठमाडौँ प्रतिनिधि समेत रहेका पत्रकार धिरज प्याकुरेल सिए सरोकार डटकमका आइटि विभाग  प्रमुख हुन्।  हाल इन्जिनियरिङ अध्ययन गरिरहेका प्याकुरेल बिगत २ बर्षदेखि वेब साइट डिजाइनिङको काम समेत गर्दै आएका छन्।  सिए सरोकारका प्राविधिक पक्षको सम्पूर्ण जिम्मेवारी सम्हालेका प्याकुरेल सिए सरोकारको प्राविधिक पाटोमा काम गरिरहेका छन्।
Facebook: www.facebook.com/dhirajpyakurel1994
Twitter: www.twitter.com/dhirajpyakurel
Website: www.dhirajpyakurel.com.np
E-mail :[email protected] 

यस अतिरिक्त हामीसँग देश विदेशमा रहनुभएका विभिन्न सिए तथा एसीसीए सदश्यहरु लेखक, विश्लेषक र स्तम्बकारका रुपमा कार्यरत हुनुहुन्छ ।