Skip to content

शनिबार आइक्यानको तेश्रो दिक्षान्त समारोह, हेर्नुहोस् सपथ लिनेले के के भनेर सपथ लिनुपर्छ ? (४ बुँदा)

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आज संस्थाको २४औं बार्षिकोत्सव मनाउँदैछ । बार्षिकोत्सवकै अवसरमा संस्थाले तेश्रो चार्टड एकाउन्टेन्ट दिक्षान्त समारोहको समेत आयोजना गरेको छ । दिउँसो ३ बजेबाट एभरेष्ट होटलमा आयोजना हुने उक्त कार्यक्रममा आइक्यानबाट उतिर्ण भएका ३० बढी सिएहरु दीक्षित हुँदैछन् ।
धेरैको जिज्ञासा हुनसक्छ- यो सपथ ग्रहण कार्यक्रममा सिएहरुले के के भन्नुपर्छ होला ? हेर्नुहोस् सपथ ग्रहणमा बोल्नुपर्ने कुरा:
म एउटा पेशागत लेखाकर्मी तथा नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको सदस्यको हैसियतले निम्न बमोजिम सपथ ग्रहण गर्दछु ।
सपथ नम्बर १ :   नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाबाट  नेपाल चार्टड एकाउन्टेन्टको उपाधि प्रदान गरिएकोमा म आफ्नो ज्ञान, अनुभव, शिप र दक्षता अनुरुप संस्था, समुदाय, समाज तथा देशको हितको लागि कार्य गर्ने प्रतिज्ञा गर्छु ।

सपथ नम्बर २ :  नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन, नियमावली तथा आचारसंहिताको अधिनमा रही पेशागत लेखाकर्मीको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिज्ञा गर्छु ।

सपथ नम्बर ३ : पेशागत हितको सम्रस्खन तथा सम्बंद्धन्को लागि हरहमेशा वफादार रहने तथा आवश्यकता अनुसार योगदान दिने प्रतिज्ञा गर्छु ।

सपथ नम्बर ४ : पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालच अथवा डर धम्कीबाट किंचित नहीचकिचे आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिज्ञा गर्छु ।   
सिए सरोकारले कार्यक्रमको विशेष कभरेज गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्