
- सिए सरोकार सम्बाददाता
टेलिकम स्रोतका अनुसार सुबोध कर्णसँग टेलिकमको लेखापरिक्षण गर्ने सम्बन्धमा सुबोध कर्णलाइ नियुक्त गरिसकिएको छ । २ बर्षसम्म नरेन्द्र भट्टराइले नेपाल टेलिकमको लेखापरिक्षण गरेका थिए भने तेश्रो बर्षमा आएर उनले आइक्यानले तोकेको शुल्क घटाएर लेखापरिक्षण नगर्ने बताएका थिए ।
सिए सरोकारसँग कुराकानी गर्दै सिए नरेन्द्र भट्टराईले आइक्यानले तोकेको न्युनतम लेखापरीक्षण शुल्क अनुसार २० लाख रुपैयाँ लेखा परिक्षण शुल्क पाउनुपर्ने ठाउँमा नेपाल टेलिकमले १० लाखभन्दा बढी ‘अडिट फि’ नदिने भएपछि उनले आफ्नै पालामा ‘पास’ भएको न्युनतम लेखा परिक्षण शुल्कलाई अटेर गर्दै १० लाखमा अदिट नगर्ने भन्दै नेपाल टेलिकममा औपचारिक पत्र समेत पठाइसकेको जानकारी दिएका थिए ।
यद्यपी नेपाल टेलिकमलाइ न्युनतम लेखापरिक्षण शुल्क लागु भने नहुने आइक्यानको भनाइ छ । आइक्यानका एक काउन्सिल सदश्य भन्छन्, ‘टेलिकमको हकमा न्युनतम शुल्क लागु हुँदैन । तर आइक्यानका एक पूर्वअध्यक्षले छोडेको अडिट गर्न यस्तो हतार नगरेको भए हुन्थ्यो । नैतिक हिसावले के गर्ने भन्ने कुरा मात्र हो । कानुनत : कसैले १० लाख मै टेलिकमको लेखा परिक्षण गर्नु गलत होइन ।’
प्रतिक्रिया दिनुहोस्