- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसअघिझैं समकक्षता नखोजी नै चार्टड एकाउन्टेन्टको माग गर्दै कर्मचरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। लेखा/लेखा परीक्षण समूहको सहायक निर्देशक पदका लागि मान्यता प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड अकाउन्टेन्ट संस्थाबाट चार्टर्ड अकाउन्टेन्सी परीक्षण उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखी बैंकले भ्याकेन्सी खुलाएको हो ।
यसअघि स्नातक गरेका र सिए सकेकाहरुले स्नातकोत्तरको समक्षकतासमेत बुझाउनुपर्ने बाध्यता रहँदै आएको थियो । तर नेपाल राष्ट्र बैंकमा सिए सुवोध कुमार कर्ण संचालक भएपछी उनले सिएलाई कुनै समकक्षता नखोजी कर्मचारी भर्ना गर्न लविङ गरेका थिए । अन्तत: उनले लविङले सार्थकता पाएको छ ।
यसो त सिए पदका लागि आइक्यानको सदस्यता नै हुनुपर्छ भन्ने प्रावधान पनि हटेको छ । अव कुनै पनि राष्ट्रिय वा अन्तराष्ट्रिय सिए संस्थाबाट सिए उतिर्ण गरेकाहरुले सोझै आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार इच्छुक उम्मेदवारले बैंकको वेबसाइटमा गई अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम मिति पुस २३ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरी माघ १ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्