
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- लेखा व्यवसायको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले एनआइसी एसिया बैंकलाई सम्मान गरेको छ । आइक्यान डे र साफा कन्फेरेन्सको समापन कार्यक्रमका बीच आइक्यानले एनआइसी एसिया बैंकलाई सम्मान गरेको हो । संस्थाले सबैभन्दा बढी सिए राखेको भन्दै बैंकलाई कदरपत्रले सम्मान गरेको हो ।
उक्त कार्यक्रमका महालेखा परीक्षकको हातबाट एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई कदरपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सार्क राष्ट्रका लेखा व्यवसायका नियामक संस्थाहरुका प्रतिनिधिहरुसमेत उपस्थित थिए ।
एनआइसी एसिया बैंक सबैभन्दा बढी सिएहरुलाई जागिर दिने बैंक बन्न सफल भएपछी नियामकले नै सम्मान गरेको हो ।
तर केहि समयअघि यो बैंकले जुनियर अफिसरमा समेत सिए मागेको थियो । जुनियर अफिसरमा समेत सिए मागेको भन्दै बैंकको चौतर्फी विरोध भएका बेला आइक्यानले भने बैंकलाई सम्मान गरेको छ । यो सम्मानसँगै आइक्यानले पनि व्यावसायिक रुपमा बैंकलाई सम्मान दिन थालेको आरोप केहि सिएहरुले लगाएका छन् भने केहि सिएहरुले भने जुन तहमा राखेपनि बैंकले सिएहरुलाई राख्नु नै सकारात्मक भएको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्