Skip to content

एनआइसी एसिया बैंकको दादागिरी : एसीसीए सदस्यहरुमाथि यस्तो ‘अन्याय’, सिएहरु पनि बहिस्कृत हुँदै !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – ‘पर्सनल बायसनेस’ का कारण एनआइसी एसियाको नेतृत्वले नेपालमा रहेका एसीसीए सदस्यहरुमाथि ‘अन्याय’ गरेको छ । ‘सिए / एसीसीए’को माग गर्दै प्रकाशित हुने विभिन्न भ्याकेन्सीमा ‘एसीसीए’ हटाएर बैंकले नेपाल बोर्डका सिए र आइसीएआइबाट सिए पास गरेकाहरुलाई मात्र माग्न थालेपछि बैंकले नेपालमा रहेका एसीसीए सदस्यहरुमाथि अन्याय गरेको खुलासा भएको हो । अधिकांस बैंक तथा वित्तीय संस्थाले सिए मागेको ठाउँमा एसीसीएलाईपनि समानान्तर रुपमा माग्ने भएपनि नेतृत्वले नै एसीसीए नमाग्न उर्दी जारी गरेपछि अहिले नेपालमा रहेका एसीसीए सदस्यहरु र एनआइसी एसिया बैंकबीच मौन रुपमै ‘सीतयुद्ध’ सुरु भएको छ ।
भएको के हो ?
यसअघि एनआइसी एसिया बैंकले सिए / एसीसीए एकै ठाउँमा राखेर कर्मचारी माग्ने गरेको थियो । तर केहि समयअघि बैंकले प्रकाशित गरेका भ्याकेन्सीहरुमा ‘एसीसीए’लाइ छुटाइएको छ । अझ अचम्मलाग्दो कुरा त के छ भने बैंकले भारतीय बोर्डबाट उतिर्ण सिएहरुलाई पनि ती भ्याकेन्सीहरुमा समेटेको छ । नेपालमा सिएहरुलाई नियमन गर्ने निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नियम अनुसार आइक्यानको सदस्यता नलिएका भारतीय बोर्डबाट सिए उतिर्णहरु पनि नेपालमा ‘सिए’ उल्लेख गर्न नपाइने भन्ने उल्लेख छ । यहि विषयमा पटक पटक बहस पनि चल्दै आएको छ । यसरी भारतीय बोर्डका सिएलाई मान्यता दिने र १८० बढी राष्ट्रहरुमा मान्यता भएको र नेपाल राष्ट्र बैंकले समेत सिए/ एसीसीए भनेर कर्मचारी माग्ने गरेकोमा एनआइसी एसिया बैंकले एसीसीएको दरबन्दी नै हटाएको हो ।
यतिमात्र होइन बैंकले अवदेखि सिएहरुलाई बहिस्कार गर्ने नीतिसमेत लिएको बुझिएको छ । ‘सिएलाई तल्लो पोजिसनमा मात्र लिने कुरा भएको छ । सोहि अनुरुप केहि दिन अगाडिको भ्याकेन्सीमा पनि सियेलाई जुनियर अफिसर पदमा मागिएको छ ।’ बैंकको एचआर विभागमा कार्यरत एक कर्मचारीले सिए सरोकारसँग भने, ‘रोशन न्यौपाने सिए हुन् भने सुधीरनाथ पाण्डे होइनन । अहिले सुधीरनाथ पाण्डे पावरमा छन् । उनकै निर्देशनमा व्यक्तिगत रिसइवी वा रोशन  न्यौपानेले राम्रो गर्यो भन्ने रिसले सुधीरनाथ पाण्डेले सिएहरुलाई बहिस्कार गर्ने नीति ल्याएका छन् । ‘ 
कारण ‘पर्सनल बायसनेस’ !
यस विषयमा बैंकका एचआर विभागका कर्मचारीहरुले भने नेतृत्वको पर्सनल बायसनेसका कारण यस्तो भएको खुलासा गरेका छन् । आफ्नो जागिरको सवाल भएकाले आफ्नो नाम नबताउने सर्तमा बैंकको एचआर विभागका एक कर्मचारीले सिए सरोकारसँग भने, ‘पहिला रोशन न्यौपाने सेकेन्ड म्यान थिए । अहिले सुधीरनाथ पाण्डे उक्त ठाउँमा छन् । यसैपनि बैंकभित्र रोशन न्यौपाने  र सुधीर नाथ पाण्डेबीच एक किशिमको ‘युद्ध’ नै छ । सिए क्षेत्र राम्रो बुझेका रोशन न्यौपाने थर्ड म्यान भएपछि सुधीरनाथ पाण्डेले मनपरी शैलीमा एसीसीए नराख्ने र सिएहरुलाई समेत सकेसम्म कम राख्ने भन्दै एचआरमा लविङ गरिरहेका छन् ।’ ती कर्मचारीका अनुसार सुधीर पाण्डेकै निर्देशनमा केहि समयअघि जुनियर अफिसरमा समेत सिए माग्ने लाजमर्दो काम भएको थियो । ‘उनी सिए / एसीसीएलाइ निकै नकारात्कम रुपमा हेर्ने बैंकर हुन् । उनी ठाउँमा पुग्दा एसीसीएहरुलाई अन्याय भएको छ भने अवदेखि सकेसम्म ठुलो पदमा सिएलाई समेत नराख्न निर्देशन उनले सम्बन्धित विभागलाई दिइसकेका छन् ।’ 
ती कर्मचारीले दिएको गोप्य जानकारी अनुसार आफुलाई रोशन न्यौपाने सरहको पद, त्यहाँभन्दा बढी पावर र सोहि अनुसारको तलव नदिए ७ जना मेनेजरियल पदमा रहेकाहरुसहित आफुले बैंक छोड्ने धम्की दिएपछि उनलाई संचालक समितिका विभिन्न सदस्यहरुको विशेष लविङमा बैंकको सेकेन्ड म्यान बनाइएको थियो । उनकै ‘पर्सनल बायसनेस’का कारण अहिले बैंकमा मनपरी बढेको छ भने मौन रुपमै सिए र एसीसीए बहिस्कृत हुन थालेका छन् । अझ अचम्मको कुरा त के छ भने यहि बेलामा केहि समयअघि एनआइसी एसिया बैंकले सबैभन्दा बढी सिए राखेको भन्दै नियामक संस्था आइक्यानबाट सम्मान पाएको थियो । 
बैंक एसीसीए/ सिएको पावरदेखि डराएको भन्दै संघर्षको यस्तो तयारी !
यता एनआइसी एसिया बैंकले सिए मागेको पदमा एसीसीएलाइ नमागेको भन्दै नेपालमा रहेका विभिन्न एसीसीए सदस्यहरुले नेतृत्वलाई खबरदारी गर्ने कार्यक्रमको तयारी गरिएको बुझिएको छ । सुरुमा एसीसीए सदस्यहरुको डेलीगेसन जाने, नेतृत्वसँग आफ्ना कुरा राख्ने र त्यसो गर्दा पनि बैंक नसच्चिए बैंकका विरुद्ध नै कार्यक्रमहरु घोषणा गर्ने तयारी केहि एसीसीएहरुका समूहहरुले गरिरहेका छन् । यता सुधीरनाथ पाण्डेलाइ यो कुरा सोध्न खोज्दा भने उनी सम्पर्कमा आउन नै चाहेनन् । 
यता नियामक आइक्यानलाई भने तनाव भएको छ । विरोध गरौँ भने आस्ती भर्खर बढी सिए राखेको बैंक भनेर सम्मान गरिएको छ, विरोध नगरौं भने मौन रुपमा नै बैंकले सिएहरुलाई बहिस्कार गर्न थालिसकेको छ । अव यो अवस्थाका बीचमा आइक्यानले के गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।
यो पनि पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस्