के तपाइँले हालसालै हल वा पोस्टल परिक्षाका लागि दर्ता गर्नुभएको छ ? यदि छ भने तपाइँले कुनै पनि परिक्षाको दर्ता गरिसकेपछी आउने ‘कन्फरमेसन मेसेज’मा भएको त्रुटी पनि फेला पार्नुभएको होला। पार्नु भएको छैन भने माथिको तस्बिरलाई नियालेर हेर्नुस त ! आईक्यानको वेब साइटमा पनि व्याकरणीय त्रुटी फेला परेको छ। परिक्षा दर्ता पछी आईक्यानको वेब साइटमा देखिने संदेश मा “Your exam registration has been completed successfully ” हुनु पर्नेमा विभिन्न व्याकरणीय त्रुटी फेला परेको छ। संदेश मा has हुनु पर्ने ठाउँ मा Bas भएको छ भने successfully को ‘स्पेलिंङ्’ पनि गलत छ। यसका साथै प्रत्येक शब्दको अगाडी राखिएको क्यापिटल अक्षर पनि व्याकरणीय हिसाबले गलत छ। यस अघि पनि आईक्यानले छापेको निमन्त्रणा कार्डमा समेत व्याकरणीय त्रुटी भेटिएको थियो।
प्रतिक्रिया दिनुहोस्