Skip to content

एक्यानले उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोग समक्ष आफ्ना सुझावहरु बुझायो

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोग समक्ष आफ्ना सुझावहरु प्रस्तुत गरेको छ । उक्त सुझाव नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका तर्फबाट अध्यक्ष सि.ए. भरत रिजालले आयोगका अध्यक्ष डा. रुप खड्कालाई हस्तान्तरण गर्नुभएको छ  । संघले आफ्ना सदस्यहरुबाट कर सम्बन्धि नीतिगत, संरचनागत तथा कानूनी रुपमा गर्नुपर्ने सुधार सम्बन्धमा सुझावहरु संकलन गरेको थियो । सो अवसरमा संघका अध्यक्ष सि.ए. भरत रिजालले संघका तर्फबाट ५३ बुदे सुझावहरु प्रस्तुत गर्दै ती सुझावहरु आयोगको प्रतिवेदनमा समेत समेट्न अनुरोध गर्नुभएको छ ।
 
प्रतिबेदनमा के छ ? : एक्यानले बुझाएको प्रतिबेदनमा कर प्रशासन तथा कर लगाउने सम्बन्धमा छुट्टाछुट्टै कानुन बनाउनुपर्ने, सम्पूर्ण करहरु स्वयं कर निर्धारण प्रणालीमा आधारित हुनुपर्ने, कर निर्धारणको पुनरावलोकन गर्न वेग्लै कर प्राधिकरण गठन गर्ने लगायतका सुझावहरु छन् । त्यसैगरी कर लेखापरीक्षण विशेषज्ञ व्यक्तिबाट मात्र गर्ने, कर प्रशासनले कर कानूनको व्याख्या गर्न पाउने अधिकार दिन नहुने, करदातालाई हतोत्साही गर्न नहुने, आयविवरणको ढाँचामा आवश्यक परिवर्तन गर्नुपर्ने, शैक्षिक तथा स्वास्थ्य संस्थाहरुलाई कम दरमा कर लगाउनुपर्ने, राजस्व न्यायाधिकरण कर विभाग भन्दा स्वतन्त्र हनुपर्ने, जेष्ठ नागरिकलाई आफूले तिरेको कर फिर्ता दिइनुपर्ने, मतियारको परिभाषा स्पष्ट हुनुपर्ने तथा खरीद विक्रीखाता स्वयं प्रमाणित गर्ने लगायतका बुदाहरु समेटिएका छन् । 

 

एक्यानको कार्य सराहनीय : आयोग: उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगले ए क्यान को कार्य निकै नै सराहनीय भएको बताउनु भएको छ।  आयोगका तर्फबाट अध्यक्ष डा. रुप खड्काले अत्यन्त विशिष्ट प्रकारका सुझावहरु दिएकोमा धन्यवाद दिदै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको कार्यको प्रशंसा गर्नुभयो । कार्यक्रममा आयोगका सदस्यद्वय माधव प्रसाद ढकाल तथा सि.ए. सुदर्शनराज पाण्डे एवं चार्टर्ड एकाउन्टेन्टहरु सि.ए. राजुकुमार शिवाकोटी, सि.ए. एन. कृष्णस्वामी तथा सि.ए. प्रमोद स्वर्णकारको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्