Skip to content

सिए एल.डी महतको नेतृत्वमा कर फछ्रयौट आयोग गठन, सिए महत आशन्न आईक्यानको चुनावमा पनि भिड्ने

lumb-dhoj-mahatनेपाल सरकारले तीन सदस्यीय कर  फछ्रयौट आयोगको गठन गरेको छ।  सरकारले सिए एल.डी महतको नेतृत्वमा तीन सदश्यीय आयोगको गठन गरेको हो।  आयोगमा  सिए उमेश ढकाल र आन्तरिक राजस्व बिभागका तर्फबाट चुनामणि शर्मा छन्।  सिए महत भने यस अघि २००७ मा गठन भएको आयोगका समेत सदश्य थिए। यसै आर्थिक वर्षको अन्त्यसम्म कर फछ्रयौट एन १९७६  अन्तर्गत कार्य गर्नेगरी आयोगको गठन भएको हो।  यस अघि १९८० ,१९८६ , १९९२ , १९९६ , २००१ र २००७  मा समेत यस खाले आयोगको गठन भएको थियो। नेपालमा ब्यबसायी तथा अन्य सरोकारवालाहरुले यसखाले आयोगको गठनका लागि बारम्बार माग गरिरहेका थिए। नेपाल सरकारले चाहिएको बेला मात्र गठन गर्ने यसखाले आयोग बिकसित देशहरुमा भने थाई रुपमा काम गर्नेगरी गठन गरिएका हुन्छन्।

सरकार प्रति कृतज्ञ छौं :एक्यान : रास्ट्र निर्माणमा सिएहरुको भूमिकाको उचित कदर गर्दै महत्वपूर्ण जिम्मेवारी सुम्पिएकोमा एक्यानले आफ्नो संस्था सरकारप्रति कृतज्ञ भएको बताएको छ।  विभिन्न पत्रपत्रिकामा  आफ्ना सदश्यहरु सिए एल.डी महत र उमेश ढकाललाई बधाई संदेश छाप्दै  एक्यानले यस्तो बताएको हो । उता नेपाल सरकारले सिएहरुको महत्व बुझ्दै देश बिकासको अभियानमा सहभागी गराएको भन्दै एक्यान अध्यक्ष  सिए भरत रिजालले सिएले कर  फछ्रयौट आयोगको नेतृत्व लिनु लेखा व्यवसायकामा ब्रेक थ्रु भएको प्रतिक्रिया दिनुभएको छ।  सामाजिक संजाल फेसबुकमार्फत  सिए एल.डी महत, उमेश ढकाल र चुनामणि शर्मालाई बधाई दिंदै यसखाले आयोग गठनसंगै आफु सिए भएकोमा फेरि एक पटक गर्ववान्वित भएको ए क्यान अधक्ष भरत रिजालले बताउनुभएको हो ।

  
आयोग गठन स्वागतयोग्य :उधोग बाणिज्य महासंघ : उधोग बाणिज्य महासंघले कर फछ्रयौट आयोग गठनको स्वागत गरेको छ । गत साता बिहिबारको मन्त्रिपरिषद् बैठकले सिए लुम्ध्वोज महतको अध्यक्षतामा सिए उमेश ढकाल र आन्तरिक राजस्व बिभाग महानिर्देशक चुनामणि  शर्मा सदश्यसचिव सम्मिलित आयोग गठन गरेको हो । महाँसंघले सरकारको राजस्व संकलनमा सघाउन र उधमी व्यवसायीलाई परेको अफ्ट्यारो समाधान गर्न भन्दै आयोग गठनको माग गर्दै आएको थियो । ‘ लामो समय देखि कर फछ्रयौट आयोग गठन नहुँदा उधमी व्यवसायीका दशौँ हजार फाइलमा कर प्रशासन र उधमी व्यबसायीबीच कर परिणामबारे उत्पन्न बिबाद समाधान हुने अपेक्षा छ ‘, महासंघले बिज्ञप्ति मार्फत जनाएको छ । महासंघका अनुसार आयोग गठनले आर्थिक एन २०७१ ले दिएको सुबिधाको दायरामा पर्ने नसकेका साना ब्यबसारिको समस्या समाधानमा समेत सहयोग पुग्नेछ । ठुलो मात्रामा रहेको कर बक्यौता रकम असुलीमा समेत सरकारलाई सघाउ पुग्न गई स्वच्छ र पारदर्शी ब्यबसाय गर्न मद्धत पुग्ने महासंघको भनाइ छ । आयोग गठनबाट मुलुकभित्र नयाँ उधम ब्यबसाय गर्न , नयाँ लगानी भित्र्याउन  सकिने महासंघले जनाएको आजको नयाँ पत्रिकामा खबर छ । 
सिए महत आशन्न आईक्यानको चुनावमा पनि भिड्ने : केहि दिन अघि गठन भएको कर  फछ्रयौट आयोगको नेतृत्व  समेत लिनुभएका सिए एल.डी महत आशन्न आईक्यानको चुनावमा समेत भिड्नुहुने भएको छ। विभिन्न सिएहरुले आफ्नो उमेद्वारिका बारेमा सार्वजनिक गरेसंगै सिए एल.डी  महतले पनि आफु पनि आईक्यानको आशन्न चुनावमा भिड्ने बताउनुभएको उहाँलाई उद्रित गर्दै एक्यानका महासचिव समेत रहनु भएका सिए रमेश धितालले सिए सरोकारलाई जानकारी दिनु भएको हो। सिए एल.डी महत नेपाली सिए क्षत्रमा निकै नै चलेको नाम हो भने बिगत लामो समय देखि नेपाली लेखा व्यवसायमा उल्लेखनीय योगदान दिंदै आउनु भएका सिए हुन्।

के के छन् उनका सबल पक्ष : नेपाली सिए बजारमा निकै नै ‘सिनियर’  सिएका रुपमा चिनिनु उनको एक सवल पक्ष हो।  बिगतमा एक्यानको अध्यक्ष समेत भईसकेका महत एक्यानको अध्यक्ष भएका ताका पनि रास्ट्र बैंक, अर्थ मन्त्रालय लगायतका निकायसंग  विभिन्न बिषयमा छलफल गरी नेपाली लेखा व्यवसायका निम्ति योगदान दिएका सिएको रुपमा चिनिनु पनि उनको अर्को सवल पक्ष हो। बिशेष गरी पूराना सिएहरुसंग निकै नै सुमुधुर सम्बन्ध रहनु, आफ्नो नाम नेपाली सिए बजारमा एक ‘ब्राण्ड’ कै रुपमा रहनु, बिगतमा सक्षम  नेतृत्वको नमुना देखाईसक्नु  उनका अन्य सवल पक्षहरु हुन्। अझ पछिल्लो समय आईक्यानको जिम्मेवार पदमा रहिसकेका केहि सिएहरुलाई यसपालीको चुनावमा सकेसम्म हराउने योजनाका साथ अगाडी बढिरहेका सिएहरुको एक जमातमा सिनियरका  हिसावमा उठ्ने सिएहरुलाई जिताउनुपर्ने प्रसंग चलिरहेका बेला उनको नाम त्यसैको विकल्पमा राख्ने हल्ला चलिरहेका बेला उनका लागि यस कुरा पनि चुनाव जित्ने कडी हुन सक्छ। बिशेष गरी ‘प्राक्टिस’ मा रहेका सिएहरु माँझ निकै नै सम्मानित व्यक्तित्वका रुपमा चिनिनु पनि उनको अर्को सवल पक्ष हो। 

के के छन् उनका चुनौतिहरु : निकै नै ‘सिनियर’ भए पनि उनका पनि केहि चुनौतीहरु छन्।  आफ्नो उमेद्वारीका बारेमा ढिलो प्रचार गर्नु, आईक्यानका नयाँ सदश्यहरुसंग खासै धेरै घुलमिल नहुनु लगायतका चुनौतिहरु उनका अगाडी छन्।  अझ बिगतमा एक्यानको नेतृत्व लिईसक्नुभएका नवराज बुर्लाकोटी, हालका अध्यक्ष भरत रिजाल लगायत एक्यानका केहि अन्य जल्दाबल्दा सिएहरुले पनि आईक्यानको चुनावमा उमेद्वारी दिने पक्कापक्की भईसकेकाले  पनि उनको मत काटिन सक्ने विश्लेषण गरिएको छ। आईक्यानमा सिएहरुतर्फ कुल १० सिटका लागि  हुने चुनावमा  ५ देखि ७ सिटको पक्कापक्की भईसकेको भन्ने बजारको विश्लेषण र त्यसमा एल.डी महतको नाम नहुनुले पनि उनी  प्रचार प्रशारमा निकै पछाडी परेको विश्लेषण पनि उनका लागि भारि बन्ने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्