Skip to content

चार्डड एकाउन्टेन्ट सन्तोष प्रसाईं बने नेपाल लाइफका सिइओ, बीमा समितिले दियो स्वीकृति

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । चार्डड एकाउन्टेन्ट सन्तोष प्रसाईं नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले प्रसाईंलाई माघ २८ गते नै सिइओ नियुक्त गर्ने निर्णय गरी स्वीकृतिका लागि बीमा समितिमा पत्र पठाएको थियो ।
बीमा समितिले बुधबार प्रसाईंलाई सीईओ नियुक्त गर्न स्वीकृति दिएको हो । समितिबाट स्विकृति पाएसँगै सिइओ प्रसाईंको कार्यकाल नेपाल लाइफमा ४ वर्षको हुने भएको छ । उनीसँग नियामक निकाय बीमा समितिमा समेत काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्