
काठमाडौँ – नेपाल अडिटर्स एसोसिएसन अडानले आफ्नो स्थापना दिवसको अवसरमा पारेर बृहद खुल्ला रक्तदान र भर्चुअल कार्यक्रम गर्नेभएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको प्रमुख आतिथ्यतामा हुने १५ औँ अडान डे मा भर्चुअल संवाद मार्फत एसोसियसनले आयोजना गरेको कार्यक्रममा एसिसिए ग्लोबलसँग सम्झौता हुने अडानका कार्यकारी निर्देशक नरेश खनाल ज्यूले जानकारी दिनुभएको छ । कार्यक्रममा माननीय महालेखापरिक्षक टंकमणि शर्मा ज्यू, राष्ट्र बैँकका गर्भरनर महाप्रसाद अधिरकारी ज्यू, आईक्यानका अध्यक्ष मदन शर्मा ज्यू र एसिसिए ग्लोबलका प्रतिनिधिहरुको सहभागिता रहने बताईएको छ ।
कार्यक्रम जुम वेविनार मार्फत दिउँसो २ बजेबाट ३:३० बजेसम्म हुने जनाईएको छ । साथै अडानले आगामी साउन २० गत नैे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ७ः३० बजे खुल्ला रक्तदान कार्यक्रम गर्ने एसोसिएसनले जनाएको छ । “राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान” प्रमुख नारा बनाएको अडानले आफ्नो पेशागत मर्यादाको संरक्षण गर्न सदैव लागिरहने पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्