Skip to content

निओनको नयाँ अध्यक्षमा चिरन लामिछाने, जाँदा जाँदै यसो भने पूर्व अध्यक्ष रामकुमार नेपालले

 
 आइक्यान अन्तर्गतको कर्मचारी युनियन निओन – आइक्यानको साधारण सभा सम्पन्न भएको छ । सम्पन्न साधारण सभाबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा चिरन लामीछाने निर्वाचित हुनुभएको छ । यस अघि राम कुमार नेपालले उक्त सङ्गठनको नेतृत्व गर्नुभएको थियो। 

आफ्नो कार्यकालमा रामकुमार नेपालले अधिकांससँग मिलेर काम गरेको  आइक्यानका अन्य कर्मचारीहरु बताउँछन्।  केहि सामान्य कुरामा सानातिना विवाद भएपनि सकेसम्म सबैलाई मिलाएर राम कुमार नेपाल अगाडी बढेको र समग्रमा उनको कार्यकाल निकै नै सफल भएको आइक्यानका कर्मचारीहरु बताउँछन् ।

तीन बर्षको कार्यकालमा उनले एनकासा, एक्यान, नेपाली सञ्चार क्षेत्र लगायतका सँग समन्वय गरी निकै नै राम्रो काम गरेको आइक्यानका कर्मचारीहरु बताउँछन्। आइक्यानमा आइटी विभागमा काम गरेर विद्यार्थीहरुको समेत राम्रो मन जित्न सफल भएका आइक्यानका कर्मचारी नेपालले आइक्यानका कर्मचारीहरु हक हितका लागि पनि राम्रै आवाज उठाएका थिए।

देख्दा हँसिलो र आफ्नो अडानमा खरो उत्रने उनको स्वभाव र सबैलाई मिलाएर लैजाने क्षमताका कारण उनको कार्यकाल निकै नै सफल भएको आइक्यानका एक कर्मचारीले सिए सरोकारलाइ बताए । जाँदाजाँदै उनले निर्विरोध रुपमा निर्वाचित भएकोमा सहकर्मी चिरन लामिछानेलाइ बधाई दिँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।  सामाजिक सन्जालमार्फत उनले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् । 
 सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘आज भएको निओन – आइक्यानको साधारण सभाबाट सर्बसम्मत रुपमा अध्यक्ष पदमा निर्बाचित हुनुभएकोमा चिरन दाइ तथा उहाँको सम्पुर्ण समुहलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्द्छु । मेरो कार्यकालमा मलाई साथ दिने सम्पुर्ण साथिहरुका साथै मलाई मार्गनिर्देश गर्ने आइक्यानका सम्पुर्ण कर्मचारीहरु, हामीसँग हातेमालो गर्ने एनाकासाका साथीहरु, अन्य सम्पुर्ण विद्यार्थी वर्ग, सदस्य बर्ग सबैलाई धन्यवाद दिन चाहन्छु । साथै मलाइलाई सहयोग गर्नुहुने सनोज भट्टराइ , महेश चित्रकार , देव कार्की , माधव सरका साथै सुरज प्याकुरेललाइ पनि विशेष धन्यवाद दिन चाहान्छु।’

बिगतमा २ वर्षको कार्यकाल हुने भएपनि  पछी विधान परिवर्तन गरी ३ बर्षको कार्यकाल बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्