 |
एनाकासाले २०१३ मा गरेको सांस्कृतिक कार्यक्रम अगाडि लिइएको अडिसन |
एनकासाको आयोजनामा सम्पन्न हुन लागेको पहिलो रास्ट्रीय सिए बिधार्थी कन्फेरेन्स अन्तर्गत कार्यक्रमको दोश्रो चरणमा हुने सांस्कृतिक कार्यक्रमका लागि यहि चैत्र २८ गते ‘अडिसन’ हुने भएको छ। काठमाण्डौ, पेप्सीकोला स्थित हलेसी बैंकोईटमा आयोजना हुन लागेको उक्त अडिसनमा कार्यक्रमका लागि सहभागीहरुको छनोट हुने कार्यक्रम संयोजक रुषा गिरीले सिए सरोकारलाई बताउनु भएको छ। अडिसनमा सहभागी हुन कार्यक्रम संयोजक रुषा गिरीलाई मोबाइल नम्बर 9803252670 मा सम्पर्क गर्न सकीने एनाकासा स्रोतले बताएको छ । अडिसन चैत्र २८ गते मध्यान्ह १२ बजे देखि आयोजना हुनेछ।
 |
एनाकासाले २०१३ मा गरेको सांस्कृतिक कार्यक्रम अगाडि लिइएको अडिसन |
के हुन्छ अडिसनमा ? अडिसनमा कार्यक्रममा सहभागिता जनाउने चाहाने बिधार्थहरुले आफ्नो प्रस्तुति त्यहाँ उपस्थित निर्णायकहरुका अगाडी राख्नु पर्नेछ। बिधार्थीहरुले आफ्नो नृत्य, गीत वा अन्य प्रतिभा निर्णायकहरुका अगाडी देखाइसकेपछी निर्णायक हरुको छनोटमा कार्यक्रममा आफ्नो प्रस्तुति देखाउन पाइनेछ। एनाकासाले यस भन्दा अगाडी गरेको सांस्कृतिक कार्यक्रममा पनि यसखाले अडिसन लिएको थियो।
 |
एनाकासाले २०१३ मा गरेको सांस्कृतिक कार्यक्रम अगाडि लिइएको अडिसनका निर्णायकहरु |
भाग लिएर के हुन्छ ? : एनाकासाको कार्यक्रममा आफ्नो प्रतिभा देखाउनु धेरै कोणबाट फाइदाजनक छ। आफु जस्तै सिए पढिरहेकाहरु माँझ आफ्नो फरक प्रतिभा देखाउनु आफैमा ठुलो कुराका रुपमा लिईन्छ। कार्यक्रममा सिए क्षेत्रसंग सम्बन्धित विभिन्न अग्रज व्यक्तित्वहरुको समेत उपस्थिति हुने हुनाले पनि कार्यक्रममा आफ्नो प्रस्तुति राख्न पाउनु ठुलै सफलताको रुपमा लिईने गरिन्छ।
 |
एनाकासाले २०१३ मा गरेको सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै एक बिधार्थी |
कार्यक्रममा गीत संगीत , नृत्य , गितार सम्बन्धि विभिन्न कलाहरु, हास्यव्यंग्य लगायतका बिधार्थीसंग भएका कुनै पनि प्रतिभाहरुलाई प्रस्तुत गर्न
सकिने कार्यक्रम संयोजक रुषा गिरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्