यहि आउँदो बैशाख ५ गते सम्पन्न हुन लागेको पहिलो रास्ट्रिय सिए बिधार्थी कन्फेरेन्समा सहभागिताको लागि एनकासाले आग्रह गरेको छ। एनकासाले बिधार्थीहरुलाई Responsibility Accounting वा Auditor as a watchdog in Business Organization बिषयमध्ये एक बिषयमा कन्सेप्ट पेपर (बिषयबारे लेखिने सामाग्री ) तयार गरी एनकासामा बुझाउने आग्रह गरेको छ। घटीमा १५०० सब्दमा कन्सेप्ट पेपर तयार गरी एनाकासामा बुझाए पछी एनाकासाले बिज्ञहरुको संयोजनमा कार्यक्रममा प्रस्तुत हुने पेपरहरु तयार गर्ने एनाकासाले बताएको छ। कन्सेप्ट पेपर तयार गर्दा बिषयमा निहित रही तयार गर्न समेत एनाकासाले आग्रह गरेको छ। यस कार्यक्रममा आइक्यान अन्तर्गत क्याप वान , क्याप टु वा क्याप थ्रीमा अध्ययनरत बिधार्थीहरुले भाग लिन सक्ने एनाकासा स्रोतले बताएको छ। कन्सेप्ट पेपर बुझाउने अन्तिम मिति र समय २५ गते , २०७१ बुधाबार बेलुका ५ बजेसम्म छ। कन्सेप्ट पेपर बुझाँउंदा वर्ड फाइल (. doc) मा पठाउनु पर्ने समेत एनाकासाले बताएको छ। कन्सेप्ट पेपर तयार गरेपछि पेपर पठाउँदा बिधार्थीले अनिवार्य रुपमा आफ्नो नाम , आइक्यानको दर्ता नम्बर , ठेगाना र आफ्नो सम्पर्क नम्बर राखेर पठाउनु पर्ने बताइएको छ। कन्सेप्ट पेपर [email protected]अथवा www.facebook.com/ncasa.pageमा पठाउन सकिने एनाकासा ले बताएको छ।
मोफसलबाट आउनेलाई बाटो र खाना खर्च पनि : मोफसल ( बिराटनगर , नेपालगंज , पोखरा , बिरगंज र बुटवल ) बाट आइक्यानमा दर्ता भई काठमाण्डौमा कार्यक्रमका लागि सहभागी हुन आउने बिधार्थीहरुलाई प्रति व्यक्ति ३००० रुपैयाँ दिईने समेत एनाकासाले बताएको छ। बिस्तृत जानकारीका लागि एनाकासाको मेल आइडीमा सोधपुछ गर्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस्