
- सिए सरोकार सम्बाददाता
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)ले नयाँ नेतृत्व पाएको छ । निर्वाचन अधिकृतको कार्यालय, आइक्यानबाट जारी भएको सूचना अनुसार अध्यक्षमा दिनेश चौलागाईं, उपाध्यक्षमा प्रगति भुवाई, सचिवमा समीप भर्ती थकाली र कोषाध्यक्षमा सन्दीप भुसाल निर्वाचित भएका छन् ।
सम्पूर्ण पदमा एकएक जनाको मात्र उम्मेद्वारी परेकाले सबै उम्मेदवारहरु निर्विरोध रुपमा सम्बन्धित पदमा निर्वाचित भएको निर्वाचन अधिकृत चार्टड एकाउन्टेन्ट सुरेश देवकोटाले सिए सरोकारलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्