Skip to content

एनकासाको चुनाव आज, विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदै !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- बिगतका केहि कार्यकालदेखि निर्विरोध हुँदै आएको नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)को नेतृत्व यसपाली भने चुनावबाट नै चयन हुने भएको छ । यसपाली पनि निर्विरोध गर्ने केहि प्रयास भएको भएपनि अन्तत उम्मेदवारहरुले पनि आफ्नो दावी नछोडेपछी अन्तत: चुनाव हुने भएको हो । 
चुनाव आज अर्थात शनिबार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म आइक्यान परिसरमा हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी सकिएको छ भने आइक्यानमा मतदानका लागि विद्यार्थी पुग्ने क्रम जारी छ । चुनावमा क्याप टु बाट ८ जना र क्याप थ्रीबाट १० जनाले उम्मेद्वारी दिएका छन् ।     

प्रतिक्रिया दिनुहोस्