
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)को निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा क्याप थ्रीका तर्फबाट प्रगति भुवाई, समिप थकाली, मौजेलाल कुमार सहनी, र दिनेश चौंलागाइं निर्वाचित भएका छन् भने क्याप टुबाट सन्दिप भुसाल र उज्वल कार्की निर्वाचित भएका छन् ।
निर्वाचनमा विजय भएका सहनीले १४७ भोट, समिप थकालीले २११ भोट, प्रगति भुवाईले २८४ भोट र दिनेश चौलागाईंले १४६ भोट ल्याएका थिए भने क्याप टु अन्तर्गत उज्ज्वल कार्कीले १९९ भोट र सन्दिप भुसालले २३९ भोट ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्