
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गतको बिधार्थी सङ्गठन एनकासाको आयोजनामा ८औँ एनकासा कप टि-२० क्रिकेट प्रतियोगिता यसपटक यहि माघ २० गतेदेखि सुरु हुने भएको छ । मूलपानीस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न हुने उक्त प्रतियोगितामा विभिन्न सिए फर्महरुले सहभागीता जनाउनेछन् ।
कार्यक्रमको तयारी लगभग पूरा भएको एनकासा अध्यक्ष दिनेश चौलागाईंले जनाएका छन् । ‘मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता गर्दैछौं । सिए फर्महरु र फर्ममा काम गर्ने विद्यार्थी र सिएहरु प्रतियोगितादेखि उत्सुक हुनुहुन्छ । हामीले हाम्रो तर्फबाट सक्दो गैरहेका छौं ।’ सिए सरोकार डटकमसँग उनले भने, ‘हरेक बर्षजस्तै यस बर्ष पनि हाम्रो कार्यक्रम भव्य र सभ्य बनाउनेछौँ ।’
प्रतिक्रिया दिनुहोस्