
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा) ले पहिलो अन्तराष्ट्रिय सिए विद्यार्थी कन्फेरेन्स आयोजना गर्ने भएको छ । आउँदो १७ मार्च २०१८ का दिन राष्ट्रिय सभा गृहमा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । एनकासाले एक सार्वजनिक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । ‘लिड द प्रोफेसन, लिड द नेशन’ थीम सहित एनकासाले अन्तराष्ट्रिय विद्यार्थीसम्मेलन गर्न लागेको हो ।
यसो त यसअघि थुप्रै पटक अन्तराष्ट्रिय विद्यार्थी सम्मेलन आयोजना गर्ने चर्चा चलेको थियो । तर आइक्यानको पटक पटकको वेवास्ताका कारण उक्त कार्यक्रम आयोजना हुन सकेको थिएन । यसपाली एनकासाले आयोजना गर्न लागेको यस्तो अन्तराष्ट्रिय स्तरको कार्यक्रमलाई एनकासाकै फड्कोको रुपमा समेत लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्