
एनकासाले आयोजना गर्न लागेको पहिलो रास्ट्रीय सिए बिधार्थी कन्फेरेन्स र त्यसै दिन हुने विशेष सांस्कृतिक कार्यक्रमका लागि एनकासाले ‘अडिसन’ सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न बिधार्थीले गीत, नृत्य तथा अन्य कार्यक्रमलाई निर्णायक अगाडी प्रदर्शन गरेका थिए। कार्यक्रममा छनोट भएका बिधार्थीहरुको नतिजा एनाकासाले छिट्टै नै निकाल्ने र त्यसै अनुसार एनकासाले कार्यक्रमका लागि बिधार्थीहरु छनोट गर्ने बताएको छ।
कार्यक्रम पेप्सीकोला स्थित हलेसी बैकोइटमा सम्पन्न भएको थियो। ३० बढी बिधार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा ऋषि पोखरेल, रुषा गिरी लगयात हुनुहुन्थ्यो। एनकासाले आयोजना गर्न लागेको कार्यक्रम यहि बैसाख ५ गते सम्पन्न हुँदैछ।
प्रतिक्रिया दिनुहोस्