Skip to content

क्याप टु पास गरेकाहरु २ बजे आइक्यान आउनुहोस् है, हुँदैछ आर्टिकलशिप काउन्सिलिङ कार्यक्रम !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा)ले सोमबार आर्टिकलशिप काउन्सिलिङ कार्यक्रमको आयोजना गरेको छ । भर्खर क्याप टु पास गरेकाहरुलाई आर्टिकलशिपबारे विभिन्न जानकारी दिने उद्धेश्यले यस्तो कार्यक्रम गरिएको एनकासाले जनाएको छ । एनकासाले हरेक ६-६ महिनामा यस्तो कार्यक्रम गर्ने गरेको छ । यसपाली सोमबार दिउँसो २ बजे आइक्यान परिसरमा यो कार्यक्रम हुँदैछ ।
कार्यक्रममा सिए शेषमणि दाहाल र यसपाली नै क्याप थ्री उतिर्ण गरेकी बर्षा बरालले विद्यार्थीहरुमाझ आर्टिकलशिपबारे आफ्नो प्रस्तुती राख्नेछन् भने विद्यार्थीको जिज्ञासाहरु मेटाउनेछन् ।
हेर्नुहोस् एनकासाको सूचना :      

प्रतिक्रिया दिनुहोस्