
आइसीएआइ र आइक्यानबीच हुन लागको एमआरएका विषयमा सिए सरोकारले समाचार ब्रेक गरेपछि सिए क्षेत्र नै तरंगित भएको छ । धेरैले यो निर्णयलाई ‘विभेदपूर्ण’ भनेका छन् । एमआरएमा आइसीएआइवालाहरुले नेपालको सीओपी पाउने तर आइक्यानवालाहरुले भारतको सीओपी नपाउने सहमतिमा एमआरए गर्न लागिएकोमा चौतर्फी विरोध भएका बेला एनकासाले पनि यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
एनकासाकी अध्यक्ष प्रगति भुवाईले निकालेको उक्त बिज्ञप्तिमा सिए सरोकारमा प्रकाशित समाचारमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख छ भने विभेदपूर्ण शर्तमा कुनै पनि सहमति नगर्न आग्रह गरिएको छ । हेर्नुहोस् बिज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्