NCASA को निर्वाचन मा गेम भएको NCASA को निर्वाचन का एक उमेद्वार माधव खनाल ले प्रतिकृया दिएका छन । निर्वाचन मा कारीब ९ मत ले पछाडि परेका माधव ले सामाजिक सन्जाल फेसबुकमा निर्वाचन मा गेम भएको कडा प्रतिकृया दिएका छन । आफ्ना समर्थकहरुलाई मत का लागि धन्यवाद दिदै उन्ले आफुले आफ्ना समर्थक हरुलाई न्याय गर्न नसकेको मा दु:ख समेत ब्यक्त गरेका छन ।आफ्नो फेसबुक को वाल मा उनले निर्वाचन मा भएको गेम को नतिजा पनि चाडै आउने प्रतिकृया दिएका छन ।माधव खनाल को यो फेसबुक स्ट्याटस लाई कसैले हार पछी को सामान्य प्रतिकृया भनेका छन भने कतिले माधव ले भनेजस्तै निर्वाचन मा गेम नै भएको आरोप लगाएका छन ।
NCASA को निर्वाचन सम्बन्धी सम्पूर्ण समाचार

NCASA को निर्वाचन सम्पन्न
NEPAL CHARTERED ACCOUNTANTS’ STUDENTS’ ASSOCIATION (NCASA) को निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचनमा साजन श्रेष्ठ र प्रकाश कोइराला निर्वाचित भएका छन। साजन श्रेष्ठ लाई १०३ मत प्राप्त भएको छ भने प्रकाश कोइराला लाई १०१ मत प्राप्त भएको छ । माधव खनाल ले ९२ मत पाउदा दिलिप भुसालले ७२ मत पाएका थिए । निर्वाचन मा सबै भन्दा कम मत रेबिसन शाहीले कुल ५ मत प्राप्त गरेका छन । बिहान ९ बजे देखी सुरु भएको निर्वाचन दिउसो ३ बजे सम्म प्रेमिएर कलेज नयाँ बानेश्वोर मा सम्पन्न भएको थियो ।
निर्वाचन का 2 उमेदवार साजन श्रेष्ठ र प्रकाश कोइरालाको कडा प्रतिस्पर्ध भएको थियो । जम्मा २ मत अन्तर ले साजन ले श्रेष्ठ ले प्रकाश कोइराला लाई उछिनेका थिए । प्राईम सिए का अधिकान्स बिद्यार्थी हरुले साथ दिये पछी साजन श्रेष्ठ ले राम्रो मत प्राप्त गरे भने प्रकाश कोइरालाले पनि सिसिएमए लगायता अन्य ईन्स्टिच्युट का बिद्यार्थी हरुको राम्रो मत बटुल्न सकेका थिए । मत गणनाको अन्तिम समय सम्मा पनि साजन श्रेष्ठ वा प्रकाश कोइराला को अगाडि आउछ भन्ने एकिन भाईसकेको थिएन । यध्यपी आफ्नो नतिजा बाट सन्तुस्ट भएको उनिहरुले प्रतिकृया दिएका छन ।
दिलिप भुसाल र माधव खनाल लाई क्रमश ७२ र ९२ मत
कडा प्रतिस्पर्धा मा उत्रिएका उमेद वार हरु मध्य माधव खनाल ले ९२ मत पाएका छन भने दिलिप भुसाल ले ७२ मत पाएका छन । सम्भावना को रुपमा लियिएका दिलिप भुसालले आफुले पाएको मत बाट आफु सन्तुस्ट भएको प्रतिकृया दिएका छन । यध्यपी बिधार्थीको न्युन उपस्थितिले आफुलाई केही कम मत खसेको दिलिप भुसालले सिए सरोकार लाई बताए ।
रेबिसन शाही लाई कुल ५ मत
सम्पन्न भएको निर्वाचन मा रेबिसन शाहीले भने कुल ५ मत पाएका छन । आफ्नो १ र अरु समर्थकको ४ मत गरी रेबिसन ले कुल ५ मत पाएका हुन । सिसिएमए कलेज बाट नै २ जना उमेद्वारहरु भएकाले पनि एस्तो नतिजा आएको हुन सक्ने बिस्लेसण गरिएको छ । यध्यपी रेबिसन शाही पनि आफु नतिजा बाट सन्तुस्ट भएको बताउछन ।
मतदान को तरिका थाहा नहुँदा १२ जनाको मत बदर
मतदान को प्रकृया थाहा नहुँदा सम्पन्न निर्वाचन मा कुल १२ मत बाँदर भएका छन। गलत तरिकाले छप हान्नु गलत ठाउँ मा छाप हान्नु आउठा छप हान्नु वा १ भन्दा बढी ठाउँ मा छप हान्नु जस्ता कारण ले कुल १२ मत बाँदर भएका छन । मतदान बारे आबश्यक जानकारी को कमिले एस्तो भएको हुन सक्ने बिश्लेषण गरिएको छ।
निर्वाचन बिबाद मुक्त भने हुन सकेन
सम्पन्न NCASA को निर्वाचन बिबाद मुक्त भने हुन सकेन । निर्वाचन आचारसमिताको उल्लङ्हन गर्दै प्रचार प्रसार गरिएको, र केही बिधार्थी हरुलाई प्रलोभनमा पारी मत दान गर्न लगाइएको र आफ्नो फोन नम्बर कसैले गलत तरिकाले प्रयोग गरी आफुलाई प्रभाव मा पारेकोकेही बिद्यार्थीहरुले आरोप लगाएका छन । यध्यपी NCASAले भने निर्वाचन अत्यन्त मर्यादा पूर्ण भएको र शान्तिपुर्बक सम्पन्न भएको बताएको छ ।
आइक्यान मा पढिरहेका केही बिद्यार्थी को मत दाता नामावोली मा नाम छुट्यो
आइक्यान मा पढिरहेका र केही महिना अगी नै आइक्यान मा दर्ता भएका केही बिधा र्थी को समेत आइक्यान को मतदाता नामावली मा नाम छुट्दा केहीले मतदान केन्द्र मा आएर फर्कनु परेको थियो । गाएत्री प्रधान यिनै बिधार्थी मध्यकी एक उदाहरण हुन । यता आइक्यान ले भने मतदाता नामावलीमा नाम छुटेको भन्ने कुनै पनि दाबी नपरेकोले त्यस्तो भएको हुन सक्ने बताएको छ ।
निर्वाचनमा गेम भयो : माधव खनाल
प्रतिक्रिया दिनुहोस्