Skip to content

एनसीएद्वारा महालेखा परीक्षक कार्यालयका २० कर्मचारीलाई अध्ययनवृत्ति प्रदान

  • सिए सरोकार सम्बाददाता 
काठमाडौं । महालेखा नियन्त्रक तथा महालेखा परीक्षक कार्यालयका २० जना कर्मचारीका लागि एसीसीए अध्ययन अवसर प्रदान गर्न सम्झौता भएको छ । एनसीए कलेज अफ म्यानेजमेन्ट र सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालयबीच उक्त सम्झौता भएको हो । लेखा परीक्षण सम्वन्धी दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले सो सम्झौता भएको हो । 
सम्झौताबाट महालेखा नियन्त्रक कार्यालय तथा महालेखापरीक्षकको कार्यालय अन्तर्गत विभिन्न विभागमा कार्यरत नायब सुब्बादेखि उप–सचिवहरु तहसम्मका कर्मचारी लाभान्वित हुनेछन् ।औपचारिक कक्षा सञ्चालन पूर्व आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय संयोजक ज्ञानेन्द्र पौडेलले अध्ययन सहयोगले राष्ट्रसेवक कर्मचारीको क्षमता अभिबृद्धि, बृत्ति विकास, समग्र सार्वजनिक वित्तीय प्रणाली तथा लेखा परीक्षणलाई अन्तर्राष्ट्रिय मापडण्ड अनुसार सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास ब्यक्त गरे । 
यस्तै कलेजका अध्यक्ष सुरेश पण्डितले परियोजनालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको बताए । एनसीए कलेज अफ म्यानेजमेन्ट नेपालको सबै भन्दा पुरानो ए.सी.सी.ए. अध्यापन गराउने शैक्षिक संस्था हो । कलेजले १६ बर्षदेखि नेपाली विद्यार्थीहरुलाई थोरै लागतमा गुणस्तरीय ए.सी.सी.ए. कक्षा सञ्चालन गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्