
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – हुन त नेपाली मिडियाहरुले सिएको बारेमा खास जानकारी राखेको पाईदैन । विज्ञापन बटुल्नकै लागि सिए विशेष अंक संचालन गर्ने लहडपनि पूरानो होइन । विद्यार्थी भर्नाको सिजन छोपेर सिए अंक छाप्ने पत्रिकाहरुमा हिमाल खबर पत्रिका, नयाँ पत्रिका लगायत छन् । पोहोरको अंकमापनि नयाँ पत्रिकाले धेरै गल्ती र भ्रामक जानकारीहरु प्रस्तुत गरेको थियो । यसपालीपनि नयाँ पत्रिकामा उही खालका गल्ती होहोर्याईएका छन् । तपाईंले पनि नयाँ पत्रिकाको सिए विशेष अंक हेर्नुभयो भने यी गल्ती छन् है !
१.’विश्वभर बिक्ने सिए’ हेडलाइन राखेर नयाँ पत्रिकाले क्याप वान र क्याप २ मा धेरै प्रतिशत विद्यार्थी उतिर्ण हुन्छन् भन्ने उल्लेख गरेको छ । जुन गलत हो । क्याप २ मा अधिकांस विद्यार्थीहरु अनुतिर्ण हुन्छन् ।
२.नयाँ पत्रिकाले नेपालको पहिलो सिए भवनाथ घिमिरे भनेको छ, जुन गलत हो । नेपाल बोर्डबाट उतिर्ण पहिलो सिएको नाम भवनाथ दाहाल हो ।
३. नयाँ पत्रिकाले चैतन्य इन्स्टिच्युट अफ मेनेजमेन्टमा आयोजना भएको एक कार्यक्रममा अनील केशरी शाह बोल्दै गरेको ‘असान्दर्भिक’ तस्विर प्रस्तुत गरेको छ । यसले अनील शाहपनि सिए हुन् भन्ने धेरैको भ्रमलाई झन् बढावा दिएको छ । स्मरण रहोस् अनील केशरी शाह सिए होइनन् ।
४. नयाँ पत्रिकाले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले १२ वटा संस्थालाई सम्बन्धन दिएको भन्ने उल्लेख छ । जुन सरासर गलत छ ।
५. नयाँ पत्रिकाले बिगतमा जस्तै गल्ती यसपालीपनि गरेको छ । प्रिमियरको विज्ञापन छाप्दा प्रिमियरले सिए पढाउँछ कि पढाउँदैन भन्ने उसले ख्याल गरेको छैन । बिगत केहि बर्षदेखि प्रिमियरमा सिएको कक्षा नै संचालन भएको छैन ।
६.नयाँ पत्रिकाले चैतन्य इन्ष्टिच्युटमा सिएका ४ सेक्सन कक्षा संचालन भइरहेको भनेको छ । जुन सरासर गलत हो । चैतन्यको स्थापनादेखि अहिलेसम्म कुनैपनि फ्रेस ब्याचमा ४ सेक्सन चलेका छैनन् ।
यो पनि पढ्नुहोस् :
प्रतिक्रिया दिनुहोस्