
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को पाठ्यक्रममा व्यापक परिवर्तन भएको छ । आइक्यान काउन्सिलको असार ३ गते बसेको २२५औं बैठकले पाठ्यक्रम परिमार्जनसम्बन्धि निर्णयलाई पारित गरेको हो । परिमार्जित पाठ्यक्रम अनुसार अव आइक्यान अन्तर्गतको सिए कोर्षबाट गणित सधैंका लागि विदा भएको छ भने क्याप वानबाट मर्कन्ताइल ल हटाइएको छ । यस्तै दोश्रो तहबाट बिजनेश कम्युनिकेसन एण्ड मार्केटिङलाई हटाइएको छ भने क्याप थ्रीमा पनि ६ वटा विषय मात्र पढ्नुपर्ने गरी पाठ्यक्रम परिमार्जन गरिएको छ ।
यसो त सिएका विभिन्न तहका नामसमेत परिवर्तन गरिएको छ । परिमार्जित पाठ्यक्रम अनुसार अव आइक्यानमा निम्न विषयहरु पढ्नुपर्नेछ :
Foundation Level
1.
Accounting
Accounting
2.
Management Information
Management Information
3.
Assurance
Assurance
4.
Business and Finance
Business and Finance
Application Level
1.
Business Strategy
Business Strategy
2.
Financial Management
Financial Management
3.
Financial Reporting and Accounting
Financial Reporting and Accounting
4.
Audit and Assurance
Audit and Assurance
5.
Principles of Tax (all taxes)
Principles of Tax (all taxes)
6.
Commercial and Corporate Law
Commercial and Corporate Law
Advisory Level
1.
Advanced Financial Reporting
Advanced Financial Reporting
2.
Advanced Audit and Assurance
Advanced Audit and Assurance
3.
Strategic Management and Decision Making Analysis
Strategic Management and Decision Making Analysis
4.
Advanced Management Accounting and Information Systems
Advanced Management Accounting and Information Systems
5.
Advanced Law
Advanced Law
6.
Advanced Taxation
Advanced Taxation
यता परिमार्जित पाठ्यक्रमले विद्यार्थीहरुलाई विश्वव्यापी रुपमा शैक्षिक अवसरहरु प्राप्त हुने विश्वास आइक्यानले लिएको छ भने विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान हुने र विद्यार्थीहरुमा विश्व बजारको लागि आवश्यक शीप तथा कला अभिवृद्धि हुने कुरामा समेत आइक्यान विश्वस्त देखिएको छ ।
यो व्यवस्था डिसेम्बर २०२० देखि लागु हुनेछ । परिमार्जित पाठ्यक्रम लागु भएपछि पनि पूराना विद्यार्थीले भने पाठ्यक्रम सिफ्ट गर्न पाउने छैनन् । पहिलो तहमा यहि पाठ्यक्रममा पढेकाहरुलेमात्र दोश्रो तहमा यहि अनुसारको पाठ्यक्रममा पढ्न पाउनेछन् भने तेश्रो तहमा पनि यहि नियम लागु हुनेछ । यो निर्णयसँगै अव भारतीय बोर्डसंगका विभिन्न चर्चासमेत सेलाउने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्