काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कामु सिइओमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन्। सिइओ भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सिइओ नियुक्ति गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार खत्रीलाई कामु सिइओको जिम्मेवारी दिइएको हो। कार्यकाल सकिएका बस्नेतको एक कार्यक्रमका बीच बिदाइ गरिएको थियो।
चार्टड एकाउन्टेन्ट भारत बस्नेत लामो समयदेखि बीमा क्षेत्रमा क्रियाशील चार्टड एकाउन्टेन्ट हुन् ।
प्रतिक्रिया दिनुहोस्